८ लाख थपेर सेडाईले खर्च गरे भूकम्पपीडितलाई ६५ लाख


प्रकाशित मिति : श्रावण ९, २०७३ आईतबार

भूकम्पपीडितका लागि संकलित रकमको पारदर्शिताबारे आवाज उठिरहेको सन्दर्भमा न्युयोर्क निवासी कानुन व्यवसायी केशवराज सेडाईले आफूले संकलन गरेको रकमको खर्च विवरण सार्वजनिक गरेका छन् । उनले गोफण्डमीमार्फत ५६ हजार ५ सय ७० अमेरिकी डलर संकलन गरेका थिए ।

उनले १५ महिना अगाडि सुरु गरेको अभियानमा २ सय ७२ जनाले साथ दिएका थिए । उनले संकलित रकम शतप्रतिशत नै भूकम्पपीडितका लागि खर्च गर्ने वाचा गरे अनुरुप आफेले लमजुङको चिती पुगेर भूकम्पपीडित १ सय परिवारलाई १२ हजार डलरको कर्कटपाता लगायतका राहतसामाग्री वितरण गरेका थिए । त्यस्तै २५ सय अमेरिकी डलरको खाद्यान्न र सामाग्री काठमाडौं नजिकै रहेको बोडे क्याम्पका भूकम्पपीडितलाई प्रदान गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।


बोडे क्याम्पका भूकम्पपीडितलाई खाद्यान्न / सामाग्री र लमजुङको चितीका   भूकम्पपीडितलाई कर्कटपाता प्रदान गर्ने क्रममा 


त्यो बाहेक हिमालयन क्लाइमेट नामको संस्थालाई दुई किस्तागरी ५० हजार अमेरिकी डलर प्रदान गरिसकिएको उनले जनाएका छन् । यो संस्था गोरखा, लमजुङ र सिन्धुपाल्चोकमा भूकम्पपीडितका लागि घर निर्माणकार्यको प्रकृयामा रहेको छ । गोरखा, लमजुङ र सिन्धुपाल्चोकमा यो रकम भूकम्पपीडितका ५० वटा घरहरु निर्माणमा लगाइने भएको छ । निर्माणकार्य सन् २०१६ को अन्त्यसम्ममा पूरा हुने कानुन व्यवसायी सेडाईले विश्वास लिएका छन् ।  उनले भूकम्पपीडितका लागि राहत संकलन अभियानमा साथदिने सबै दाताहरुलाई धन्यवादसमेत दिएका छन् ।

न्युयोर्कको म्यानहटनमा रहेको आफ्नै कानुनी कार्यालयमा कानुन व्यवसायी सेडाई । फोटो : खसोखास


राहत संकलन अभियानबाट ५६ हजार ५ सय ७० संकलन भएकोमा आफूले झण्डै ८ हजार डलर (झण्डै ८ लाख नेपाली रुपैया) थपेर उनले ६४ हजार ५ सय (झण्डै ६५ लाख) भूकम्पपीडितको राहतमा खर्च गरेका छन् ।


के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com