नेपाल भूकम्पपछि सुरक्षित छ भन्ने सन्देश विहिबार बौद्धस्थित बौद्धनाथ स्तुपामा पत्रकार भेला भएर विश्वसामु दिएका छन् ।
‘प्रेस चौतारी नेपाल र मेरी नेपाल’ नामक संस्थाले संयुक्त रुपमा गरेको कार्यक्रममा भूकम्पपछि अहिले सुरक्षित रहेको हुँदा नेपाल भ्रमण गर्न विश्व समुदायलाई पत्रकारले आग्रह गरेका हुन् ।
‘खुसी नेपाल, खुसी नेपाली’ भन्ने मूल नाराका साथ भेला भएका सबै पत्रकारले ‘हाँसो अङ्कित छाता’ फहराउँदै नेपाल सुरक्षित छ भन्ने सन्देश दिएका थिए ।
सो अवसरमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले भूकम्पपछि अन्तर्राष्ट्रिय समुदायमा नेपाल असुरक्षित र नेपाली दुःखी छन् भन्ने परेको सन्देश मेटाउन र उनीहरुलाई नेपाल आउन प्रोत्साहित गर्नका लागि कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका महासचिव उजिर मगरलगायत अन्य पत्रकारको सहभागिता थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।