आकस्मिक अवतरणका क्रममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा ताइवानका प्रधानसेनापति शेन यी मिङ बेपत्ता भएका छन्। सेनापति मिङ उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न हेलिकप्टरमा जाँदै थिए।
१३ जना सवार हेलिकप्टर उत्तरी ताइवानको पहाडमा आकस्मिक अवतरण गर्ने क्रममा प्रधानसेनपति बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनीसँगै अन्य ३ जना पनि बेपत्ता भएका छन् । अन्य १० जनाको जिवितै उद्दार गरिएको ताइवानी रक्षा मन्त्रालयले जनाएको छ ।बेपत्ताको खोजी जारी रहेको मन्त्रालयले जनाएको छ।
हेलिकप्टर किन आकस्मिक अवतरण गर्नुपर्यो भन्ने कारण खुल्न सकेको छैन।ताइवानमा आगामी जनवरी ११ मा राष्ट्रपतीय तथा संसदीय निर्वाचन हुन लागेको छ। मतदानको एक साताअघि यो दुर्घटना भएको हो।- एजेन्सी
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।