सन् २०२० सुरु ,नेपालमा टोपी दिवस र भ्रमण वर्ष


प्रकाशित मिति : पुस १६, २०७६ बुधबार

ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२० शुरु भएको छ । यससँगै नेपालमा भने नेपाल भ्रमण वर्ष सुरु भएको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा हिजो विश्वभर विभिन्न कार्यक्रम गरी राती १२ बजे सन् २०१९लाई विदा गरी २० लाई स्वागत गरिएको हो । नेपालमा पनि सोही अनुसार विभिन्न कार्यक्रम गरिएको छ ।आजको दिनलाई नेपालमा विशेषगरी टोपी दिवसका रुपमा पनि मनाइन्छ । बुटवलमा पनि विविध कार्यक्रमका साथ नयाँ वर्षलाई स्वागत गर्दै आज टोपी दिवश मनाइँदैछ ।

नेपाल सरकारले सन् २०२०लाई भ्रमण वर्ष घोषणा गर्दै आजैदेखि शुभारम्भ गरेको छ । यस वर्ष नेपालमा २० लाख पर्यटक भित्राउने लक्ष्यसहित शुभारम्भ गरिएको भ्रमण वर्षको भव्यरुपमा सुरुवात गरिएको छ। येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो ।

यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदान प्रदान गरी मनाउँछन् । विश्वका अधिकांश मुलुकमा प्रचलनमा रहेको र प्रत्येक वर्ष जनवरी को पहिलो तारिखका दिनबाट सुरु हुने इस्वी संवत जनवरीको पहिलो तारिखबाट सुरु हुन्छ । विश्वब्यापीकरणको प्रभाव र हर्षोल्लासका दृष्टिले इस्वी संवतको यो नयाँ वर्ष नेपालमा पनि शुभकामना आदानप्रदान गरी मनाइँदै छ । नयाँ वर्षको उपलक्ष्यमा विश्वभरका नेताहरुले विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com