पहाडलाई तराईसंग अलग गर्ने षडयन्त्र भईरहेको छ: ओली


प्रकाशित मिति : चैत्र ३, २०७३ बिहीबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनमर्फत सात नम्बर प्रदेशलाई टुक्राउने षड्यन्त्र भइरहेको बताउनु भएको छ ।
मेची महाकाली अभियानअन्तर्गत कैलालीको धनगढीमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाच पछि सात नम्बर प्रदेश टुक्राउने र पुरै तराईलाई पहाडसग अलग गर्ने षडयन्त्र भइरहेको  बताउनु भयो ।

संविधान संशोधनलाई नाटकको संज्ञा दिदै ओलीले त्यसको पक्षमा एमाले नरहेको बताउनुभयो । उहाले संविधान संशोधन पहाडलाई तराईबाट अलग गर्ने श्रृङखलाको सुरुवात भएको दावीसमेत गर्नुभयो ।

निर्वाचन र संशोधनको कतै कुनै सम्बन्ध नभएको बताउदै अध्यक्ष ओलीले पहाड र तराईलाई छुट्याउने षड्यन्त्र मात्र भएको बताउनु भयो । सभालाई सम्बोधन गर्दै उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री प्रचण्डले पटकपटक राजनीतिक बेइमानी गरेकाले उनी अनैतिक भएको टिप्पणी गर्नुभयो ।

गौतमले आफैं सम्मिलित सरकार र त्यसको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुदाहुदै बिनाकारण सरकार गिराएर राजनीतिक बेइमानी गरेको आरोप लगाउनु भयो । सरकारी कामकाजमा नेपाली भाषा परिवर्तन गरी हिन्दीलाई राष्ट्रिय भाषा कायम गर्ने योजना सहितको संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन नदिने बताउनु भयो ।

संशोधनको प्रयास गरिएको अंगीकृत नागरिकता सम्बन्धी व्यवस्था, प्रदेशको सीमांकन लगायत सबै प्रस्ताव राष्ट्रघाती रहेकाले संविधान संशोधन गर्न नहुने बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com