२७ हजार कागजपत्रविहिन पक्राउ


प्रकाशित मिति : पुस १०, २०७६ बिहीबार

मोरोक्कोमा सन् २०१९ मा अहिलेसम्म कुल २७ हजार ३ सय १७ जना अवैध आप्रवासीहरु पक्राउ परेका छन् ।

उनीहरु मध्ये २० हजार ११४ जना विदेशी रहेको प्रहरीले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१९ भरीमा ६२ ओटा बेचविखन सम्वन्धी सञ्जाललाई तोडिएको र ५०५ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी ३ हजार २१ जनाको नक्कली तथा झुटो कागजपत्रहरु नियन्त्रणमा लिइएको थियो ।

मोरोक्कलाई युरोप जाने माध्यमका रुपमा अफ्रिकी अवैध आप्रवासीहरुले प्रयोग गर्ने गरेका छन् । त्यसैले मोरोक्कोबाट धेरै आप्रवासीहरु पक्राउ पर्ने गरेका हुन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com