थला पर्यो जनसम्पर्क समिति अमेरिका, विवाद मिलाउन पार्टी मौन


प्रकाशित मिति : चैत्र ३, २०७३ बिहीबार

-अनिल अधिकारी

सँधै संस्थापन र देउवा पक्षका बिचमा चिरा पर्ने नेपाली कांग्रेसको रोगले यतीबेला जनसम्पर्क समिति अमेरिका थला परेको छ । नेता घेरै भएभने मुसो मर्दैन भन्ने पुरानो उखान नेपाली कांग्रेसमा सँघै लागु हुन्छ ।

नेताहरु, आफुलाई संस्थापन ठहर गर्ने पूर्व संयोजक बिस्नु सुवेदी र देउवा पक्षको भनिने सभापति आनन्द विष्टका बिचमा विवाद हुँदा नेपाली कांग्रेस निकट जनसम्पर्क समिति अमेरिका विवादको घेरामा छ । दुवै पक्षले आआफ्नो ढंगले भर्जिनिया र न्यूर्योकमा भेलाको आयोजना गर्दैछन् । दुवै नेताले आफुलाई पार्टीबाट सहयोग रहेको र आफ्नो भेला आधिकारीक भन्छन् ।

कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले बिदेश बिभाग प्रमुख र जनसम्पर्क समिति प्रमुख नियुक्त नगरेका कारणपनि जनसम्पर्क समिति अमेरिका चरम विवादका बिचबाट बाहिर आउन नसकेको हो । दुई बर्षअघि सुवेदीले सबैपक्षलाई मिलाएर अधिवेशनको आयोजना गरेर विष्ट निर्वाचित भएपछि सुवेदी पक्षका नेतालाई केन्द्रीय समितिमा नियुक्त नगरेका कारण पनि सुवेदी समुहमा असन्तुष्ट सुरु भएको थियो ।

आनन्द विष्ट सभापति भईसकेपछि बिधानत अध्यक्षले ६ जना नियुक्त गर्नुपर्ने मध्ये सुवेदीले आफ्नो पक्षबाट दुई जना नियुक्त हुनुपर्ने माग राखेका थिए तर विष्टले सुवेदी बाहेक अन्यलाई नियुक्त गरेनन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

बिष्टले निर्वाचित भएपछि अहिले संगठन प्रमुख रहेका बेदप्रसाद खरेल, परमानन्द खनाल, चन्द्र धिताल, गौतम दाहाल र गोविन्द लम्साललाई केन्द्रीय सदस्यमा नियुक्त गरेका थिए । गुटगत राजनीति हुने नेपाली कांग्रेसको रोग यहाँको समितिमा पनि ब्याप्त छ । गुटगत हिसावले आनन्द विष्ट र बेद खरेलले एउटा समुहको राजनीति गर्छन ।

भने विस्नु सुवेदी निकट प्रभावशाली नेता मानिने प्रमोद सिटौलाले अर्को समुह बनाएर गुटको राजनीति गर्छन् । पूर्व संयोजक सुवेदी र वर्तमान सभापति बिष्टका बिचमा विवाद भएपछि हाल नेपाली कांग्रेसका महामन्त्री रहेका डा. महामन्त्री शशांक कोइरालाले एक महिना अमेरिका बसेर वार्ता गरेका थिए । स्रोतका अनुसार सुवेदी र विष्टका बिचमा अब आइन्दा विवाद नगर्ने र मिलेर अगाडि बढ्ने लिखित सहमति भएको थियो ।

तर सहमति अनुसार विष्टले केन्द्रीय समितिमा सुवेदी समुहका व्यक्ति नियुक्त नगरेकै कारण विवाद आएको सुवेदी समुहको दावि छ । थप विवाद लम्बिएपछि हाल परराष्ट्मन्त्री रहेका प्रकाशशरण महतले समेत पहल गरेका थिए । अहिले यो विवाद मिलाउनका लागि हाल केन्द्रीय सदस्य रहेका सुरेन्द्र पाण्डे जनसम्पर्क समिति प्रमुख हुन सक्ने सम्भावना रहेकाले उनले यहाँको विवाद मिलाउनका लागि पहल गरिरहेका छन् ।

जनसम्पर्क समिति हाल ३५ सदस्यीय छ । विष्ट समुहको जानकारी अनुसार सबै केन्द्रीय सदस्य अधिवेशनको पक्षमा रहेको दावी गर्छ भने सुवेदी समुह यो अप्रिल २२ मा भर्जिनियामा साधारण सभाको आयोजना अधिवेशन नगर्ने खेल भनेको छ । च्याप्टरबाट ३ जना सहभागि गराउनुपर्नेमा त्यसो नगरेको सुवेदी समुहको दावी छ ।

यता विष्ट समुहले सुवेदीको कार्यकालमा बनेको बिधान अनुसार नै साधारण सभामा सहभागिता तोकिएको बताउँछ । पूर्व संयोजक सुवेदी समुहका नेता प्रमोद सिटौला, ओम भटट्राई, किरण राई लगायतले साधारण सभा बिधिवत ढंगबाट जानुपर्ने भनेर नोट अफ डिसेन्ट लेखेका छन् ।

विष्ट समुह भने भर्जिनियामा हुन लागेको भेला केन्द्रीय अधिवेशनका निम्ती भएको दावी गर्छ । च्याप्टर मध्ये डालस र केनेक्टीकट लगायतका केही च्याप्टरको पदावधि सकिएको छ, त्यसैले पनि अब अधिवेशनका लागि पनि सभाधारण सभा हुनु अवायश्यक रहेको हाल संगठन बिभाग प्रमुख रहेका बेद खेलरको भनाई छ ।

तर सुवेदी समुह भने अधिकाशं च्याप्टरहरुको पदावधि सकिएकाले यो साधारण सभा गर्नुको कुनै तुक नभएको दावी गर्छ । पूर्व संयोजक सुवेदी भन्छन्, पार्टीको राजनीति सबै प्रतिनिधि र आम कार्यकार्ताको हितमा हुनुपर्छ नकि केही नेताहरुको हितमा ।

केही च्याप्टर सभापतिको भनाई अनुसार विस्नु सुवेदीले चरम विवादमा रहेको जनसम्पर्क समितिको एकताको भेला सम्पन्न गरेका कारण सुवेदीलाई एक पटक निर्वाचित सभापति बनाउनुपर्ने पक्षमा देखिएका छन् । पुराना नेतालाई जय नेपाल दाई भनेर कुनै पनि कुरामा विवाद नगरी उहि दाईको बिचारमा जय नेपाल भन्ने र पार्टी सुधार नगर्ने प्रचलनले पनि जनसम्पर्क समिति अमेरिका रोगी भएको हो, न्यूयोर्क लडंआइल्याण्ड सभापति विश्वराज बास्तोला भन्छन्, यो विवाद मिल्नुपर्छ हामीले गुटको होइन पार्टीको राजनीति गर्नुपर्छ ।

बास्तोलाले विवाद मिलाउनका लागि पार्टीको पहल कम भएको बताउँछन्, उनका अनुसार देउवा पक्ष र पौडेल पक्ष यहाँको विवाद मिलाउनका लागि टाउको दुखाउन चाहन्न् । विष्ट समुहको नेतृत्व गर्ने बेद खरेलले यो विवाद पार्टीले मिलाउन जरुरी नभएको बताउँछन्, उनि भन्छन्, यो हामीले गर्ने लागेको साधारण सभा विधानत हो, दुई दुई बर्षमा हुनुपर्ने साधारण सभा प्राविधिक कारणले हुन सकेन्, अहिले गर्न लागिइको हो ।

नेपालमा गएको महाभुकम्पमा पिडित भएकाहरुको सहयोगार्थ संकलित रकममा भ्रष्टाचार भएपछि निर्वाचित समिति समेत विवादमा तानिएको थियो । समितिले दिएको जानकारी अनुसार हाल संकलित रकम सबै पार्टीको भुकम्प पिडित कोषमा जम्मा भईसकेको छ ।

जनसम्पर्क समितिको बिधानको धारा १८ अनुसार हरेक च्याप्टरबाट ३ जना सहभागि हुनुपर्नेमा त्यसो नगरिएको सुवेदी पक्षका नेता प्रमोद सिटौलाले दावी गर्छन् । सिटौलाले विवाद मिलाउनका लागि डेलिगेष्ट र साधारण भेलालाई समेत रोकेर अर्को मिति तोक्न सकेमा विवाद मिल्ने दावी गर्छन् । सिटौला भन्छन्, सभापतिले केन्द्रीय सदस्यमा रहेका ३३ जनाको कुरा मात्रै नसुनेर अमेरिकामा रहेका ९ सय ३५ जना प्रतिनिधि र कांग्रेसमा आस्था राख्ने सबै कार्यकर्ताको चित्त बुझाउनुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com