समाजवादी पार्टीले सरकार छाड्यो, यादवले दिए राजीनामा


प्रकाशित मिति : पुस ८, २०७६ मंगलबार

उपेन्द्र यादवले उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजीनामा दिएका छन् । यससँगै समाजवादी पार्टीले सरकार छाडेको छ । यादवले मङ्गलबार एक विज्ञप्ती जारी गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘संविधान संशोधन प्रस्ताव अस्वीकार गरेर सरकार दुईबुँदे सहमतिबाट पछि हटेको तथा सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा आजकै मितिबाट लागू हुने गरी उपप्रधानमन्त्री एवं कानूनमन्त्री पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ ।’

मन्त्री यादवकाे राजीनामा पत्रः

Image may contain: text

यस्तै, सहरी विकासमन्त्री मो. इस्तियाक राइले पनि पदबाट राजीनामा दिएका छन् । उनी समाजवादी पार्टीबाटै मन्त्री बनेका थिए ।

मन्त्री राइकाे राजीनामा पत्रः

उपेन्द्र यादवले मन्त्रिपरिषदमा राख्न खोजेका प्रस्तावः

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com