अमेरिकाको सिमाक्षेत्रमा आप्रवासी र लागु औषध ओसार पसार गर्ने सुरुङ (फोटो समेत)


प्रकाशित मिति : पुस ६, २०७६ आईतबार

एरिजोनामा मेक्सिको र अमेरिकाको सिमाक्षेत्रमा तेश्रो सुरुङ भेटिएको छ । सुरुङबाट मान्छे र लागुपदार्थ ओसारपसारमा संलग्न २ जना मेक्सिकनहरु पक्राउ परेपछि त्यहाँ सुरुङ भएको रहस्य खुलेको हो ।

आइसका अधिकारीहरुले ८२ फुट लम्बाई र ८ फुट गहिराई भएको सुरुङ भेटाएका हुन् । त्यहाँबाट २ सय पाउण्डभन्दा धेरै मेथ, हिरोइन, कोकिन, फेन्टानिल लगायतका लागुऔषध बरामद गरिएको छ ।

गत डिसेम्बर ४ मा पनि आइसका अधिकारीहरुले सुरुङ भेटाएका थिए । तर उक्त सुरुङ पूर्ण नभई निर्माणाधिन प्रकारको थियो । १० फिटतल अण्डरग्राउण्डमा अमेरिका र मेक्सिको सिमाक्षेत्रमा २० फिट लामो सुरुङ बनाइएको थियो ।

त्यसको ५० यार्ड नजिकै डिसेम्बर १० मा अर्को सुरुङ भेटिएको थियो । ४ जना कागजपत्रविहिन आप्रवासीहरु मेक्सिकोको बाटोबाट सुरुङहुँदै अमेरिका छिर्न खोजेको सीसी क्यामेरामा भेटिएपछि सुरुङ पत्ता लागेको थियो ।

यो सुरुङ पनि जमिनभन्दा १० फिट तल रहेको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com