अमेरिकामा कुर्सीमा अल्झेर लडेका २३ बर्षका नेपाली विद्यार्थी पक्षघातको अवस्थामा, सहयोगको अपिल


प्रकाशित मिति : पुस ५, २०७६ शनिबार

अमेरिकामा कोठामा रहेको कुर्सीमा अल्झिएर लड्दा पक्षघातको अवस्थामा पुगेका एक युवालाई सहयोगको अपिल गरिएको छ । कनेक्टिकट निवासी काठमाडौ कपनका २३ बर्षका सुरज खड्का आफ्नै कोठामा कुर्सीमा अल्झिएर लडेका थिए ।

कनेक्टिकट स्टेट युनिभर्सिटीमा कम्प्युटर साईन्स विषय अध्ययनरत उनले अन्तिम सेमेस्टरको तयारी गर्दै गर्दा गत नोभेम्बर २६ तारिकका दिन कोठामा अल्झिएर लडेका थिए । बेलुकाको खाना बनाउदै गरेका उनी कुर्सीमा अल्झिएर भुँईमा लड्दा मेरुदण्डमा असर परेको थियो ।

लड्ने बित्तिकै उनको दुबै हात र खुट्टा नचलेपछि उनलाई अस्पताल लगिएको थियो । त्यसपछि उनको मेरुदन्डमा गम्भिर चोट लागेको थाहा भएको थियो । ६ घण्टा लामो शल्यकृयापछि हाल उनको थेरापी चलिरहेको छ । उनको हात अहिले चल्न थालेको छ तर खुट्टा अझै चलेको छैन ।

अमेरिकामा एक्लै रहेका उनको सहयोगार्थ आर्थिक संकलन अभियान चलाइएको छ । सोसाइटी अफ नेपलिज इन अमेरिकाका तर्फबाट गोफण्डमीमा संचालन गरिएको आर्थिक अभियानमा ३० हजार डलर संकलनको लक्ष्य राखिएको छ । यो समाचार तयार पार्दासम्म ३३ सय डलर संकलन भइसकेको छ ।

तपाईपनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com