जाडोमा जोर्नीको दुखाइ किन बढ्छ?


प्रकाशित मिति : पुस ४, २०७६ शुक्रबार

अस्वस्थ्य व्यक्तिहरु गर्मीभन्दा जाडो मौसममा बढी प्रभावित हुनेगर्छन्। जाडो बढेसँगै कतिपयको जोर्नीको दुखाइ पनि बढ्न सुरु हुन्छ।चिसोको पारोसँगै दुखाइ पनि बढ्ने भएपछि बिरामीलाई चिसो समय नआइदिए जस्तो लाग्छ। चिकित्सककाअनुसार बाहिरी तापमानमा उचावचढाव आएसँगै त्यसले मानिसको शरीरमा सिधै असर गर्छ।

तापमानमा कमी आएका कारण जोर्नीहरूको नसा संकुचन हुन्छ र त्यस भागमा रगतको तापक्रम घट्छ। जसका कारण जोर्नीहरू कडा र पीडादायी हुन्छन्। चिकित्सका अनुसार केही सावधानी अपनाएर यो समस्याबाट बच्न सकिन्छ । चिकित्सकका अनुसार चिसो मौसममा हाम्रो मुटुको वरिपरि रगतको तापमान कायम गर्नु आवश्यक हुन्छ। तापमान सही नभए यसले शरीरका अन्य भागमा रगतको आपूर्ति घटाइदिन्छ। जब छाला चिसो हुन्छ तब दुखाइको असर बढी महसुस हुन्छ। वैज्ञानिक भाषामा यसलाई ‘आर्थराइटिस’ भनिन्छ।

गठिया ‘आर्थराइटिस’ ले सामान्यतया 40 वर्षभन्दा माथिका मानिसलाई प्रभाव पार्छ। यो समस्याबाट विशेषगरी महिला बढी प्रभावित हुनेगर्छन्। सम्पूर्ण शरीरको भार घुँडामा पर्ने भएकाले गठियाको समस्या उत्पन्न हुने गरेको हो।चिकित्सकका अनुसार गठियाको समस्याले जोर्नीका साथसाथै अन्य अंगमा पनि असर गर्छ । उमेर बित्दै जाँदा हड्डीबाट क्याल्सियम र अन्य खनिज पदार्थ आपूर्तिमा कमी हुँदै जान्छ। हड्डीहरू एकआपसबाट छुटिन जान्छन्। जब हामी बूढाबूढी हुन्छौं तब लुब्रन्टले जोर्नीको बीचमा रहेको लचिलो र चिल्लो पदार्थ सुक्दै जान्छ। स्नायुको लम्बाइ र लचिलोपन पनि घट्छ। जसका कारण जोर्नीहरुमा दुखाइ बढ्छ।

पौष्टिक खानेकुरा खाएर जोर्नीहरूलाई स्वस्थ राख्न सकिन्छ। नियमित आसन वा योग गरेमा यो समस्याबाट मुक्ति पाउन सकिन्छ।गिद्धासन र प्राणायामले जोर्नीको दुखाईमा सहयोग गर्छन्। एउटै कुर्सीमा र कम्प्युटरको अगाडि घण्टौं बस्दा यो समस्याले  सताउन सक्छ।  त्यसैले जोर्नीहरुलाई स्वस्थ्य राख्न लामो समय एउटै आसनमा बस्नु हुँदैन। सन्तुलित खाना खाने, नियमित हिंड्ने र केही समय व्यायाम गर्दा जोर्नीहरू बलियो राख्न सकिन्छ। व्यायाम र योग गर्नुअघि एकपटक विशेषज्ञसँग सल्लाह लिनु राम्रो हुन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यालयमा लामो समयसम्म एउटै सिटमा बस्नु हुँदैन। हरेक आधा घण्टा वा एक घण्टाको फरकमा हिँडडुल गर्नुपर्छ। महिलाले अग्लो हिल जुत्ता लगाउनु हुँदैन। हिल जुत्ता लगाउँदा  कम्मरको साथै घुडा र जोर्नोको दुखाइ बढाउँछ। –एजन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com