पोर्चुगलमा एक नेपालीको निधन, २०१० देखि ३० नेपालीले ज्यान गुमाए


प्रकाशित मिति : मंसिर ३०, २०७६ सोमबार

पोर्चुगलमा पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा निधन भएको छ । श्रीमती र छोराछोरीसहित उनी पोर्चुगलमा नै बस्दै आएका थिए ।

मृतक थापाको हृदयघातका कारण निधन भएको अनुमान गरिएपनि मृत्युको कारण खुलिसकेको छैन । उनी सपरिवार नेपाल गएर डिसेम्बर ७ मा पोर्चुगल फर्किएका थिए । थापा मधुमेह र उक्त रक्तचापबाट पीडित थिए ।

आठ दिनभित्र पोर्चुगलमा तीन नेपालीको निधन भएको समाचार त्यहाँका नेपाली अनलाइनहरुले प्रकाशित गरेका छन् । गत डिसेम्बर ८ मा नुवाकोटका ४१ वर्षीय नवीनकुमार पाठकको निधन भएको थियो भने गत मङ्गलबार २९ वर्षीय युवकको मृत्‍यु भएको थियो ।

उनको मृत्यु अत्यधिक मद्यपानका कारण वान्ता गर्दा श्वासप्रश्वास नली बन्द भइ अक्सिजनको कमी हुँदा मृत्‍यु भएको जनाइएको छ । मृतक थापा र बस्नेतको दाहसंस्कारका लागि सहयोगको अपिल गरिएको छ भने ११ डिसेम्बरमा निधन भएका पाडकको दाहसंस्कार गरिसकिएको छ ।

सन् २०१० देखि हालसम्म पोर्तुगलमा ३० नेपालीले ज्यान गुमाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com