Follow @khasokhasmag

‘निर्वाचन नचाहने तत्व परास्त’


प्रकाशित मिति : चैत्र २, २०७३ बुधबार

नेकपा एमालेको केन्द्रिय सदस्य तथा प्रचार विभागका उपप्रमुख सुर्य थापाले पार्टीको मेची–महाकाली अभियानले स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वयनको माहोल बनाएको दावी गर्नु भएको छ ।

एबीसी न्यूजको नियमित कार्यक्रम समय सन्दर्भमा कुराकानी गर्दै उपप्रमुख थापाले पार्टीले संचालन गरेको मेची महाकाली अभियान सफल भएको दावी गर्दै अभियानले स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वयनको वातावरण बनाएको दावी गर्नुभएको हो । मेची–महाकाली अभियान नेपाली राजनीतिक इतिहासमै सबैभन्दा ठूलो अभियान रहेको दावी गर्दै नेता थापाले अभियानले स्थानीय तहको निर्वाचन नचाहने तत्वहरुलाई परास्त गर्दै निर्वाचनको वातावरण बनाएको दावी गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै नेता थापाले पार्टीले दुई नम्बर प्रदेशमा फेरी अभियान संचालन गर्ने समेत दावी गर्नु भएको छ । संविधान असफल बनाउन चाहने र निर्वाचनको विपक्षमा रहेका तत्वहरुले दुई नम्बर प्रदेशमा कार्यक्रम गर्न नदिएको बताउँदै नेता थापाले मधेसमा पुनः कार्यक्रम गरिने बतानु भएको हो ।

अभियानकै क्रममा सप्तरीमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झण्डमा पाँच जनाको ज्यान गएपछि मधेसी छोडेको थियो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com