अष्ट्रेलियामा एकसय मिलियन डलर मनी लन्डरिंग अभियोगमा पक्राउ नेपाली धरौटीमा रिहा


प्रकाशित मिति : मंसिर २८, २०७६ शनिबार

एकसय मिलियन अष्ट्रेलियन डलर मनी लण्डरिंगको अभियोगमा पक्राउ परेका नेपाली धरौटीमा रिहा भएका छन् । गत जुलाईमा पक्राउ परेका विपिन थापाले अब जेलबाहिर रहेर मुद्दा लड्न पाउने भएका छन् ।

छापा मार्ने क्रममा भेटिएको रकम ।

जुलाईमा पक्राउ परेका उनलाई साउथ वेल्सको एउटा जेलमा राखिएको थियो । उनले काम गर्ने कम्पनीका मालिक पक्राउ परेपछि थापा पनि पक्राउ परेका थिए ।

२९ बर्षीय थापाले अहिले कानुनी लडाईको सामना गरिरहेका छन् । यदि उनीबिरुद्धको अभियोग प्रमाणित भएमा उनले कडा कानुनी सजाय भोग्नुपर्ने हुनसक्छ ।

थापासहित अरु तीनजना पनि पक्राउ परेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरुमाथि दक्षिण सिड्नीलाई मुख्य केन्द्र बनाएर अष्ट्रेलिया र अन्य देशमासमेत उनीहरुले गैरकानुनी रुपमा कालोधनको ओसारपसार गरेको आरोप लागेको छ ।

चार जनालाई नै मनि लाउन्ड्रिङ गरेको, आपराधिक गतिविधिमा संलग्न भएको र रकम लुकाउने काम गरेको अभियोग छ । प्रहरी अनुसन्धानले करोडौं रुपयाँ पर्ने सिंगापुरमा रहेको एक कम्पनी खारेज गराएर डलर असुल्ने काममा समेत उनीहरुको संलग्नता रहेको देखाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com