भर्जिनियामा २० बर्ष अगाडी बेपत्ता भएका भर्जिनिया टेक का बिधार्थीको शव डिएनए बाट उनि नै भएको ठहर


प्रकाशित मिति : चैत्र २, २०७३ बुधबार

 

अमेरिकाको वेस्ट भर्जिनिया बाट सन् १९९८ मा हराएका एक बिद्यार्थीको शव लामो अनुसन्धान पछि प्रहरीले भर्खरै फेला परेको छ l अनुसन्धान अधिकारीले वेस्ट भर्जिनियाको पुल मुनि फेला पारिएको उक्त शव भर्जिनिया टेक का बिधार्थी कै नै भएको डिएनए जाच बाट ठहर गरेको छ l

वेस्ट भर्जिनियाका स्थानीय पत्रपत्रिकाका अनुसार ,वेस्ट भर्जिनिया राज्यका प्रहरीले डीएनएको अनुसन्धान बाट त्यो लाश रोबर्ट लेरोई कोभाक को नै रहेको बताएका छन् l उनको शव न्युरिभर जर्ज पुल नजिक पाइएको जनाएको छ l

वेस्ट भर्जिनिया को रिभ्स भिलका स्थानीय २४ बर्षिय विद्यार्थी अचानक १९९८ सेप्टेम्बर १८ तारिख हराएका थिए l मोर्गन टाउन मा अमेरिकन फुटवल (भकुण्डो) खेल हेर्न आफैले गाडी चलाएर गएका थिए l केहि दिन पछि उनको गाडी फेला परेको थियो भने पुल नजिक गाडीमा इन्धन खाली अवस्थामा पाईएको थियो l

अधिकारीका अनुसार कुनै कार द्वारा ठक्कर दिए पछि उनि पुल मुनि झरेको हुन् सक्ने संकेत प्रमाण अनुसार भएको बताएका छन् l अमेरिका भरि कै तेश्रो अग्लो उक्त पुलको उचाई ८ सय ७५ फिट रहेको एसोसिएट प्रेसले लेखेको छ l

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com