सोमबार रातीदेखि सुरुभएको हिमपात र हिमआँधीका कारण अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा २ लाख भन्दा धेरै घर विद्युतविहिन भएका छन् । हिमपात र हुरीबतासका कारण विद्युत आपूर्तीमा अवरोध उत्पन्न भएको हो ।
मासाचुसेट्स राज्यमा मात्र झण्डै ६३ हजार घरहरुमा विद्युत आपूर्तीमा अवरोध उत्पन्न भएको न्युयोर्क टाइम्सले जनाएको छ । त्यस्तै मेरिल्याण्डमा ४१ हजार घरमा विद्युत आपूर्तीमा अवरोध उत्पन्न भएको छ । डेलावरमा ३६ हजार घरमा विद्युत आपूर्तीमा अवरोध उत्पन्न भएको जनाइएको छ भने भर्जिनियामा २२ हजार घरहरु अन्धकार भएका छन् ।
न्युजर्सीमा १९ हजार घरहरुमा विद्युत आपूर्तीमा अवरोध उत्पन्न भएको छ भने पश्चिमी र दक्षिणी भागमा धेरै क्षति पुगेको छ । न्युयोर्क राज्यमा १६ हजार घरहरुमा विद्युत आपूर्तीमा अवरोध उत्पन्न भएको छ । उडस्टक र लंग आइल्याण्ड क्षेत्रमा रहेका घरमा विद्युत आपूर्तीमा अवरोध उत्पन्न भएको जनाइएको छ ।
रोड आइल्याण्डमा ८ हजार घरमा विद्युत आपूर्तीमा अवरोध आएको छ । पेन्सिलभेनियामा ३ हजार घरमा र कनेक्टिकटमा ३ हजार घरमा विद्युत आपूर्तीमा अवरोध उत्पन्न भएको जनाइएको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।