निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले ८० प्रतिशत मतदाता अशिक्षित रहेकाले मतदाता शिक्षालाई अभियानकै रुपमा लगिने बताएका छन् । आयोगले स्थानीय तह निर्वाचनका लागि मङ्गलबारबाट सुरु गरेको दुई दिने मतदाता शिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
आयोगले मतदाता शिक्षालाई उच्च प्राथमितामा राखेर हरेक मतदान केन्द्रमा कम्तीमा तीनजना मतदाता शिक्षा कार्यकर्ता वा मतदाता शिक्षा स्वयंसेवकलाई परिचालन गरिने आयुक्त यादवले जानकारी दिए ।
उनले भने ‘‘स्थानीय निर्वाचनमा अनुगमनलाई कडाइ गरिने छ, दलहरुका लागि मात्र होइन मतदाता शिक्षा कार्यक्रममा खटिएका आयोगका कर्मचारी पनि अनुगमनमा पर्ने छन् ।’’
आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचन प्रक्रियामा नयाँ संवैधानिक व्यवस्था अनुसार स्थानीय निर्वाचन निकै जटिल भएकाले करिब एक करोड ४० लाख मतदातालाई मतदाता शिक्षा दिने कार्य चुनौतीपूर्ण रहेको बताए ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।