देश बनाउने एमाले बाहेक अर्को पार्टी छैनः केपी ओली


प्रकाशित मिति : चैत्र १, २०७३ मंगलबार

नेपालगञ्ज १ चैत्र । नेकपा एमाले अ्ध्यक्ष केपी ओलीले एमालेले सु्र्य चिन्ह लिएर देशलाई उज्यालो बनाउने अभियान छ, एमालेले कसैको विरोध नगरेको र एमाले सबैको अधिकार चाहेको बताए । एमाले मेची—महाकाली अभियान अन्तर्गत बाँकेको मंगलबार आयोजित शभालाई सम्बोधन गर्दै ओलीले यो संविधाले कसैलाई पनि भेदभाव नगरेको बताए । संविधान उत्पीडित बर्ग र क्षेत्रको हितमा जारी भएको जिकिर गर्दै एमाले मधेसी, जनजाती कसैको पनि विरोधी नभएको दावी गरे । उनले देश बनाउने एमाले बाहेक अर्को पार्टी नभएको दावी  गर्दै भने ‘अवको देश बनाउने जिम्मा एमालेलाई जनताले सुम्पने बताए’ उनले एमालेले राष्टियता कायम गर्दै सुखि र समृद्ध बनाउने काम गर्ने बताए ।

ओलीले एमालेले मुलुकलाई सधैं द्धन्द्धमा फसाईराख्न नसकिने बताउदै उहाँले राष्ट्रिय एकता र निकासको बाटो खोज्नुपर्नेमा जोड दिनुभयो । उहाँ नचाहिने कामको बन्द गरि शान्तीपूर्ण यात्रामा आउन मधेसी मोर्चालाई आव्हान गर्नुभएको छ ।
यसैबीच सभामा बोल्दै नेकपा एमालेका नेता माधव कुमार नेपालले एमाले ले निरन्तर देश निर्माणका लागि विकासका कार्य तथा नितिहरु अघि सार्दै आएको दाबी गर्नुभयो । देश आर्थिक विकासमा  जुट्नुपर्ने बताउदै उहाँले नेपालको विभिन्न जाती सम्प्रदाय, धर्म, विविधता बीच सद्भाव बिथोल्न केही समूह लागेको र यसमा माओवादी र काँग्रेस पार्टीहरुको समेत संलग्नता रहेको आरोप लगाउनुभयो । उहाँले देश विकासको लागि स्थानिय तहको निर्वाचन हुनुपर्नेमा जोड दिनुभएको थियो । त्यस्तै
 एमालेका वरिष्ठ उपाध्यक्ष बामदेव गौतमले गोविन्द गौतमको हत्या प्रकरणमा सरकारले भारतलाई माफी माग्न लगाउनु पर्ने बताएका छन् ।
साथै भारतले नेपाललाई एक करोड भारु क्षतिपूर्ति दिनु पर्ने र यो गोविन्द गौतमको परिवारलाई दिनु पर्ने उनले बताए ।
एमालेको मेची –महाकाली अभियान सभा नेपालगञ्ज, बाँकेमा सम्पन्न हुँदैछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com