प्रोटेक्सन भिसाका लागि आवेदन दिएका नेपाली युवा अष्ट्रेलियाको मेलबर्नमा मृत


प्रकाशित मिति : मंसिर २१, २०७६ शनिबार

अष्ट्रेलियाको मेलबर्नमा एक नेपाली युवा मृत अवस्थामा भेटिएका छन् ।

गत सोमवार आफ्नै निवासमा मृत अवस्थामा भेटिएका ती युवा नेपालको तनहूँका दीपेन्द्र खनाल रहेको खुलासा भएको छ । खनाल आफ्नो निवासको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

बाथरुममा शव भेटिएपछि प्रहरीले खबर गरिएको थियो । त्यसपछि पोस्टमार्टम गरिएको थियो । उनले हालैमात्र अष्ट्रेलियाको प्रोटेक्सन भिसाका लागि आवेदन दिएका थिए ।

उनी सन् २००८ मा अष्ट्रेलिया आएको जनाइएको छ । पछिल्लो केही समय यता खनाल एक्लै बस्न रुचाउँने गरेकोले डिप्रेसनमा रहेको हुन सक्ने अनुमान गरिएको छ ।

स्वर्गीय खनालको पार्थिव शरीर नेपालमा पठाउने तयारी भैरहेको  छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com