ओशो सिद्धार्थ औलिया नेपाल आउँदै


प्रकाशित मिति : मंसिर २१, २०७६ शनिबार

आध्यात्मिक जागरण फैलाउन सद्गुरु ओशो सिद्धार्थ औलिया आगामी पुस पहिलो साता नेपाल आउने भएका छन् । ओशोधारा सङ्घ नेपालको निमन्त्रणमा उनी आगामी पुस ५ गते नेपाल आउन लागेका हुन् ।

नेपालमा रहँदा उनले ओशोधाराको उच्च तहको ध्यान कार्यक्रम सञ्चालन गर्नुहुने ओशोधारा सङ्घ नेपालका संयोजक आचार्यश्री ओशो महेन्द्रले जानकारी दिए । आगामी पुस ७ देखि १२ गतेसम्म बुटवलको मङ्गलापुरमा रहेको ‘ओशो भिलेज’मा बृहत् ‘अजपा तथा चैतन्य समाधी’ कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा ओशो सिद्धार्थ औलियासँगै ठूलो सङ्ख्यामा भारतीय साधकसाधिकाको पनि सहभागिता हुने बताइएको छ ।

ओशो सिद्धार्थ औलियालगायत साधकसाधिकालाई लुम्बिनी भ्रमण गराउने तयारी गरिएको सङ्घले जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा हुने सो कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धन तथा अन्तर्राष्ट्रियस्तरमा भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनीको प्रचारप्रसार हुने विश्वास व्यक्त गरिएको छ ।

यसैबीच, बुद्धपुरुष ओशोको जन्मजयन्तीको अवसर पारेर ओशोधारा सङ्घ नेपालले सप्ताहव्यापी ध्यान तथा अन्तरक्र्रिया गरिरहेको छ । साप्ताहिक रुपमा राजनीतिक दलका नेता, कर्मचारी, पत्रकार, विद्यार्थी, उद्यमी, व्यवसायीलगायतसँग ध्यान, प्रेम र उत्सवका बारेमा अन्तरक्र्रिया गरिने सङ्घका संयोजक आचार्यश्री ओशो महेन्द्रले बताए। यही मङ्सिर २५ गते ओशोको जन्मोत्सव विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । ओशो जन्मोत्सव पारेर सो दिन नेपालमा विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको सङ्घले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घर, परिवार, समाज त्यागेर मात्रै आध्यात्मिक सुखशान्ति प्राप्त गर्न सकिन्छ भन्ने पुरातनवादी मान्यतालाई चिर्दै ओशोले घर, परिवार, समाज तथा व्यवसाय सम्हाल्दै ध्यानमार्फत शान्ति हासिल गर्न सकिने परिकल्पनालाई साकार पारेका थिए । मानव जीवन समस्याबाट गुज्रिरहेको र ध्यानले मात्र ती समस्या समाधान गर्छ भन्ने ओशोको मुलमन्त्रलाई उनका अनुयायीले विश्वभर अनुसरण गर्दै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com