अमेरिकाको पूर्वीक्षेत्रमा हिमपात र हिमआँधीको चेतावनी, जान्नैपर्ने केही कुरा


प्रकाशित मिति : चैत्र १, २०७३ मंगलबार

हिमपात र हिमआँधीको चेतावनीपछि न्युयोर्क सिटी र बोस्टनका सार्वजनिक विद्यालयहरु मंगलबार बन्द रहनेछन् । मेट्रोपोलिटन म्युजियम अफ आर्ट पनि मंगलबार बन्द रहनेछ । बोस्टन र कनेक्टिकटमा पनि कैयन विद्यालयहरु बन्द गरिएको छ । सरकारी कार्यालयहरु बन्द गरिएको छ भने अध्यागमन अदालतहरु पनि बन्द गरिएको छ ।

न्युयोर्क सिटीको मेट्रो यातायात मंगलबार विहान ४ बजेदेखि बन्द हुनेछ । तर अण्डरग्राउण्ड यातायात भने संचालन हुनेछ । लंग आइल्याण्ड रेल रोड र मेट्रो नर्थ रेडरोडपनि प्रभावित हुनेछन् । न्युजर्सी ट्रान्जिटले सबै बस सेवाहरु बन्द गर्नेछ भने रेल सप्ताहन्तको सुचीमा चल्नेछ ।

अमेरिकन एयरलाइन्स, युनाइटेड र जेट ब्लु लगायतले उडान अबरुद्ध र ढिलाई भएका सुचनाहरु जारी गरेका छन् । सोमबार बेलुकासम्म झण्डै ५ हजार उडानहरु रद्द भइसकेका छन् । बोस्टन र न्युयोर्कका विमास्थलबाट सयौं उडानहरु रद्द भएका छन् भने साउथवेस्ट एयरलाइन्सले सबै उडान रद्द गरेको फिडाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

न्युयोर्कसिटीमा २३ इन्चसम्म हिमपात हुने राष्ट्रिय मौसम सेवाले जानकारी दिएको छ । त्यस्तै लंग आइल्याण्डमा १७ इन्चसम्म हिमपात हुने अनुमान गरिएको छ । न्युजर्सीमा २४ इन्चसम्म हिमपात हुने जनाइएको छ ।

अधिकारीहरुले न्युयोर्कमा सोमबार मध्यरातदेखि लागु हुनेगरी संकटकालको घोषणा गरेका छन् । वासिंटनदेखि न्यु इंग्याण्डसम्म नै हिमपात हुने बताइएपनि हिमआँधीको मुख्य जोखिम भने न्युयोर्क सहरमा रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com