Follow @khasokhasmag

एनआरएन अमेरिकाको वेवसाइटमा आएको समस्याप्रति अनावश्यक शंका नगर्न आग्रह


प्रकाशित मिति : चैत्र १, २०७३ मंगलबार

वेवसाइटमा खराबी आएपछि एनआरएन अमेरिकाको सदस्यतावितरण प्रकृया अबरुद्ध भएकोमा अनावश्यक आशंका नगर्न एनआरएन अमेरिकाका अध्यक्ष केशव पौडेलले आग्रह गरेका छन् ।

अध्यक्ष पौडेलले खसोखाससँग कुराकानी गर्दै भने – ‘वेवसाइट ओभरलोड भएका कारण समस्या उत्पन्न भएको प्राविधिकले जानकारी दिएका छन् । हामीले छिट्टै समस्याको समाधान गर्नेछौं ।’

वेवसाइट अवरुद्ध हुनुको मुल कारण पत्ता लागेपछि आधिकारिक रुपमा सार्वजनिक गर्ने जानकारी दिदै पौडेलले भने – ‘प्राविधिक कमजोरीका कारण समस्या उत्पन्न भएकाले कसैले अनावश्यक शंका नगरौं । प्राविधिक समस्याका कारण आएको असहजतका लागि क्षमा चाहन्छौं ।’

प्राविधिक रुपमा वेवसाइटमा समस्या उत्पन्न भएको अवधि सदस्यता वितरणका लागि थप्नेबारे बोर्डमा छलफल गरिने जानकारी दिदै एनआरएन अमेरिकाका अध्यक्ष केशव पौडेलले नयाँ सदस्यता लिन चाहनेहरुका लागि संयमताका साथ प्रतिक्षा गर्न आग्रह गरेका छन् ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com