बाजा बजाएर परियारलाई दिए गुरुङले छोरी

प्रकाशित मिति : चैत्र १, २०७३ मंगलबार

प्रेम नेपाली /पोखरा सिर्जनाचोककी तारा गुरुङ र चाउथेका किरण परियारका अभिभावकले उनीहरूको प्रेमलाई हार्दिकतापूर्वक स्वीकार गरी धुमधामका साथ विवाह गराइदिएका छन् । तारा पृथ्वीनारायण क्याम्पसमा स्नातकोत्तर पढ्दै छिन् भने किरण ट्राभल एजेन्सी चलाउँछन् ।

विन्ध्यवासिनी मन्दिरमा हिन्दू परम्पराअनुसार अन्तर्जातीय विवाह चलिरहँदा सहभागीहरू खुसी व्यक्त गरिरहेका थिए । माइती पक्षले ५० जना जन्तीलाई धुमधामसँग स्वागत गरेका थिए । दाइजो पूर्ण निषेधित थियो ।

विवाहमा सहभागी पूर्वसभासद् राजकाजी गुरुङ कुरीतिविरुद्व ताराका अभिभावकले ऐतिहासिक भूमिका निर्वाह गरेको भन्दै बेहुला–बेहुलीलाई सफल दाम्पत्य जीवनको शुभकामना दिए । ‘अन्तर्जातीय जोडीहरू भागेर विवाह गर्न बाध्य हुन्थे, तर यहाँ त ज्वाइँको गोडा धोएर, जन्ती बोलाएर भोज खुवाएर विवाह भएको छ,’ उनले भने, ‘उदाहरणीय यो विवाहलाई समाजले सम्मान गर्दै अरूले समेत अनुसरण गरे मात्रै समाज परिवर्तन सम्भव छ ।’

किरणका बुबा रामबहादुर परियार छोराको प्रेम सफल भएकोमा दंग थिए । ‘हाम्रो एउटै छोरा हो, उसले भागेर होइन मागेर गर्छु भन्दा हामीले पत्याएकै थिएनौँ,’ उनले भने, ‘तर, केटी पक्षकाले मायाप्रीतिमा जातभातको कुरा गरेर तगारो बन्नुहुँदैन भनेपछि विश्वास लाग्यो । आज धुमधामसँग विवाह भयो ।’

‘हामीले हाम्री छोरीलाई राम्रो शिक्षा दिएका थियौँ, त्यसैले उनले जात होइन योग्य जोडी रोजिन् । समाजमा जातीय छुवाछूतले जरा गाडेको छ, हामीजस्तै अभिभावक मिलेर यसलाई हटाउनुपर्छ । मान्छे सबै एकै हो ।’ बेहुलीकी आमा कृष्णकुमारी गुरुङ

नौ वर्षको प्रेमसम्बन्ध विवाहमा परिणत
नौ वर्षदेखि प्रेमसम्बन्धमा रहेका तारा र किरण दुवै २७ वर्षका छन् । दुवैले आफ्नो प्रेमबारे आ–आफ्नो परिवारमा कुरा राखेपछि अभिभावकले सहर्ष स्वीकार गरेका थिए । समाज परिवर्तनका लागि आफैँले व्यवहारमा सुरुवात गर्नुपर्छ भनेर छोरीको अन्तर्जातीय विवाह गरिदिएको ताराकी आमा कृष्णकुमारीले बताइन् ।

‘हामीले हाम्री छोरीलाई राम्रो शिक्षा दिएका थियौँ, त्यसैले उनले जात होइन योग्य जोडी रोजिन्,’ उनले भनिन्, ‘समाजमा जातीय छुवाछूतले जरा गाडेको छ, हामीजस्तै अभिभावक मिलेर यसलाई हटाउनुपर्छ । मान्छे सबै एकै हो ।’ नयाँ पत्रिकाबाट

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com