सिड्नीबाट १९ बर्षकी नेपाली विद्यार्थी बेपत्ता, खोजीकार्य तीब्र


प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार

अष्ट्रेलियाको सिड्नीबाट १९ बर्षकी नेपाली विद्यार्थी बेपत्ता भएको जनाइएको छ । सिड्नीमा बसोबास गर्दै आएकी नवीना महत गत शनिबारबाट बेपत्ता भएकी हुन् ।

उनी परिवार र साथीहरुको सम्पर्कमा नभएपछि खोजीका लागि पहल गरिएको छ । उनी आईतबार बिहान करिब पौने ५ बजेतिर सिड्नीको रेडफर्न स्टेशनमा अन्तिमपटक देखिएको जनाइएको छ ।

परिवार, आफन्त तथा साथीहरुले सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन । उनले कालो जुत्ता, कालो पाइन्ट र कलेजी रंगको टिसर्ट लगाएको जनाइएको छ । उनको खोजीका लागि स्थानीय प्रहरी र नेपाली समुदाय पनि सकृय रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com