अमेरिकी राष्ट्रपतिमा हाइप्रोफाइल डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले छाडिन् मैदान


प्रकाशित मिति : मंसिर १७, २०७६ मंगलबार

अमेरिकी राष्ट्रपतिमा हाइप्रोफाइल डेमोक्रेटिक उम्मेदवारका रुपमा चर्चित कमला ह्यारिसले मैदान छाडेकी छिन् । उनले मंगलबार राष्ट्रपतिको उम्मेदवारी त्यागेको घोषणा गरेकी हुन् ।

उनले मंगलबार आफ्ना समर्थकहरुलाई इमेल पठाउँदै प्रतिस्पर्धात्मक अभियानमा रकमको अभाव भएकाले उम्मेदवारी त्यागेको घोषणा गरेकी हुन् । उनको यो घोषणालाई अमेरिकी राष्ट्रपतिको दौडमा आएको आकस्मिक मोडका रुपमा हेरिएको छ ।

उनले मार्टिन लुथर किंगको जन्मदिनको अवशरमा आफ्नो चुनावी अभियान सुरु गरेकी थिइन् । उनी डेमोक्रेटिक उम्मेदवारको डिसेम्बर डिबेटमा समेत योग्य भएकी थिइन् । डिसेम्बर डिबेटका लागि योग्य हुने उनी एकमात्र अश्वेत उम्मेदवार थिइन् ।

ह्यारिसले डेमाक्रेटिक पार्टीका तर्फबाट क्यालिफोर्नियाबाट सिनेटमा प्रतिनिधित्व गर्छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्यालिफोर्नियाको एटर्नी जनरलका रुपमा कमलाले ६ बर्ष बिताएकी थिइन् । सन् २०१० मा क्यालिफोर्नियाको एटर्नी जनरलको दौड जित्नु अगाडि उनी सान फ्रान्सिस्कोको डिस्ट्रिक्ट एटर्नीमा दुईपटक निर्वाचित भएकी थिइन् ।

क्रिमिनल जस्टिस रिफर्म रेकर्डकी अभियन्ता कमलाले बैबाहिक समानताको लडाईमा अत्यन्तै महत्वपूर्ण भूमिका खेलेकी थिइन् । कमला अमेरिकी सिनेटरमा निर्वाचित दोश्रो अश्वेत महिला हुन् । सन् १९९२ मा चुनाव जितेकी सिनेटर क्यारल ब्राउन पहिलो अश्वेत महिला सिनेटर हुन् ।

कमला अमेरिकी सिनेटमा पुग्ने पहिलो भारतीय अमेरिकन हुन् । कमलाकी आमा भारतबाट अमेरिकामा बसाई सरेकी थिइन् । कमलाकी आमा श्यामला गोपालन चर्चित स्तन क्यान्सर विशेषज्ञ हुन् । त्यसपछि उनले अमेरिकी अश्वेत जमैकन अमेरिकन डोनाल्ड ह्यारिससँग विवाहगरेपछि कमला जन्मिएकी थिइन् । यसर्थ कमला अहिले अफ्रिकन अमेरिकन र इन्डियन अमेरिकनका रुपमा चर्चित छिन् ।

यस अगाडि अमेरिकी राष्ट्रतिका अर्का डेमोक्रेटिक उम्मेदवार जो सेस्टाकले आइतबार आफ्नो चुनावी अभियान समाप्त भएको घोषणा गरेका थिए । गत जुनमा उम्मेदवारीको घोषणा गरेका उनी डेमोक्रेटिक उम्मेदवारको बहसमा पनि योग्य हुन सकेनन् ।

को को छन् मैदानमा ?

अमेरिकाका राष्ट्रपतिको चुनावका लागि अब एकबर्षपनि बाँकी छैन । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प दोश्रो कार्यकालका लागि भिड्दैछन् । उनीसँग भिड्नका लागि १ दर्जनभन्द्या धेरै डेमोक्रेटिक उम्मेदवारहरु पाखुरा सुर्कदैछन् तर प्राइमरी जितेर वास्तविक भिडन्तका लागि मैदानमा उत्रने एकजना हुनेछन् ।

अहिलेसम्म मैदानमा देखिएकाहरुमा सबैभन्दा बढी उमेरका बर्नी स्याण्डर्स ७८ बर्षका छन् भने कम उमेरका पिट बुटाजज ३७ बर्षका छन् । ७६ बर्षका जो बाइडेन र ७० बर्षकी एलिजाबेथ वारेन पनि निकै चर्चामा रहेका उम्मेदवारहरु हुन् । माइलक ब्लुमबर्ग पछिल्लो चरणमा निकै चर्चामा छन् ।

माइकल बेनेट, कोरी बुकर, स्टीभ बुलोक, हुलियन क्यास्ट्रो, जोन डेलानी, तुलसी गब्बार्ड, एमी क्लोबुचार, वायन मेसाम, डेभल प्याट्रीक, टम स्टेयर, म्यारिन विलियम्सन र एन्ड्रयु यांग पनि चुनावी मैदानमै छन् ।

को प्रगतिशिल को मध्यपन्थी ?

डेमोक्रेटिक उम्मेदवारहरुमा एलिजाबेथ वारेन, बर्नी स्याण्डर्स, एन्ड्रयु यांग, कोरी बुकर र तुल्सी गब्बार्ड प्रगतिशिल उम्मेदवारहरु मानिन्छन् । तर माइलक ब्लुमबर्ग, जो बाइडेन, एमी क्लोबुचार, हुलियन क्यास्ट्रो, जोन डेलानी, स्टीभ बुलोक, माइकल बेनेट मध्यपन्थी उम्मेदवारहरु हुन् ।

अमेरिकी राष्ट्रपतिको चुनावमा ट्रम्पसँग भिड्नका लागि भने यी उम्मेदवारहरुले डेमोक्रेटिक प्राइमरीको सामना गर्नुपर्नेछ । राज्यका प्राइमरीहरु र ककसहरुमा मतदाताहरुले सम्भावित उम्मेदवारहरुलाई मतदानमार्फत चुन्छन् । बन्द प्राइमरी वा ककसमा रजिस्टर्ड मतदाताहरुलेमात्र भोट हाल्न पाउँछन् ।

चुनिने विधि कस्तो ?

हरेक प्राइमरी र ककसमा डेलिगेट्सहरुको निश्चित नम्बर हुन्छ । उनीहरुले राष्ट्रिय महाधिवेशनमा आफ्नो राज्यको प्रतिनिधित्व गर्छन् । प्राइमरी वा ककसबाट जुन उम्मेदवारले आफ्नो पक्षका धेरै डेलिगेट्सहरु प्राप्त गर्छ, त्यही उम्मेदवारले राष्ट्रिय महाधिवेशन मार्फत प्राइमरी जितेर राष्ट्रपतिको अन्तिम प्रतिस्पर्धामा भाग लिन पाउँछ । पार्टीका आफ्ना स्वतन्त्र डेलिगेट्स र सुपरडेलिगेट्स पनि हुन्छन् । स्वतन्त्र वा सुपरडेलिगेटहरु कुनै निश्चित उम्मेदवारलाई मतदान गर्न बाध्य हुँदैनन् ।

डेमोक्रेटिक पार्टीको राष्ट्रिय महाधिवेशन आगामी जुलाई १३ देखि १६ सम्म हुनेछ । यो महाधिवेशनबाटै राष्ट्रपति र उपराष्ट्रतिका लागि पार्टीका तर्फबाट अन्तिम उम्मेदवारको टुंगो लगाइनेछ । ककस र प्राइमरीबाट छानिएका डेलिगेटसहरुले जुन उम्मेदवारका लागि छानिएका हुन्, त्यही उम्मेदवारलाई मत हाल्नुपर्छ भने स्वतन्त्र र सुपरडेलिगेटले आफूले चाहेको उम्मेदवारलाई मत हाल्न पाउँछन् ।

पहिलो राउण्डमा मतदान हुँदा उम्मेदवारका प्रतिबद्ध डेलिगेटहरुलेमात्र भोट हाल्न पाउँछन्, यति उनीहरुले भोट हाल्दा कसैको पनि बहुमत नआएमा स्वतन्त्र डेलिगेटहरुले भोट हाल्न पाउँछन् । पहिलो राउण्डमा कसैको पनि बहुमत नआएमा दोश्रो राउण्डमा प्रतिबद्ध डेलिगेटहरुले पनि जुनसुकै उम्मेदवारलाई भोट हाल्न पाउँछन् भने स्वतन्त्र वा सुपर डेलिगेटले पनि भोट हाल्न पाउँछन् ।

सन् २०२० को डेमोक्रेटिक पार्टीको राष्ट्रिय महाधिवेशनका लागि झण्डै ४५९४ जना डेलिगेटहरु हुने अपेक्षा गरिएको छ जसमा कुनै उम्मेदवारप्रति प्रतिबद्ध ३८३६ र स्वतन्त्र सुपर डेलिगेटहरु ७५८ जना हुनेछन् । पहिलो राउण्डको चुनावबाट डेमोक्रेटिक पाईमरीमा छानिनका लागि राष्ट्रपति उम्मेदवारले कम्तीमा १९१९ मत ल्याउनुपर्नेछ । यदि पहिलो राउण्डमा उक्त मत ल्याउन नसकेको खण्डमा सुपरडेलिगेटहरुले समेत दोश्रो राउण्डमा त हाल्नेछन् र प्राइमरी जित्नका लागि २२९८ मत ल्याउनुपर्नेछ ।

विभिन्न राज्यबाट महाअधिवेशनमा प्रतिनिधित्व गर्ने डेलिगेट्सहरुको संख्या तय गरिएको हुन्छ । उदाहरणका लागि न्युयोर्कबाट ३२७ डेमोक्रेटिक डेलिगेट्सले भाग लिनेछन् भने क्यालिफोर्नियाबाट सबैभन्दा धेरै ४९५ जना डेमोक्रेटिक डेलिगेट्सहरुले महाधिवेशनमा भाग लिनेछन् ।

महाधिवेशनबाट चुनिएका राष्ट्रपतिका एकजना डेमोक्रेटिक उम्मेदवारले रिपब्लिकन उम्मेदवारसँग अन्तिम चुनावमा प्रतिस्पर्धा गर्नेछन् । सन् २०१६ को डेमोक्रेटिक नेशनल कन्भेन्सनमा हिलारी क्लिन्टनले २८४२ र बर्नी स्याडर्सले १८६५ मत ल्याएका थिए । र हिलारी क्लिन्टन नै ट्रम्मसँग चुनाव लड्नका लागि छानिएकी थिइन् ।

यसरी हुन्छ अमेरिकामा राष्ट्रपति चुनाव

अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।

यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।

५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ । धेरैजसो अमेरिकी राज्यले प्राय एउटै दलका उम्मेदवारहरुलाई जिताउने गरेपनि फ्लोरिडा, पेन्सिलभेनिया र ओहायोको महत्व भिन्न रहेको छ । यी राज्यहरुले राष्ट्रपतीय चुनावमा आफ्नो अभिमत बदल्दै आएका छन् । तीनको निर्णयले सबै चुनावी परिणाम बदल्न सक्ने भएकाले यी तीन राज्यलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।

सन् २०१२ को राष्ट्रपतीय चुनावमा बराक ओबामाले ३३२ इलेक्टोरल मत प्राप्त गरेका थिए भने मिट रोम्नीले २०६ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २००८ को राष्ट्रपतीय चुनावमा भने ओबामाले ३६५ इलेक्टोरल मत प्राप्त गरेका थिए । त्यतीबेला उनका प्रतिस्पर्धी जोन म्याकनले १७३ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २०१२ को चुनावसम्म आइपुग्दा ओबामाको लोकप्रियता कम भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com