अमेरिकामा किराँत राईहरुले गरे उधौलीको शुभकामना आदानप्रदान


प्रकाशित मिति : मंसिर १६, २०७६ सोमबार

युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिकाको डिएमभीपी च्याप्टरले उधौली कार्यक्रम सम्पन्न गरेको छ ।

च्याप्टरका अध्यक्ष प्रकाश राईको अध्यक्षतामा सम्पन्न भएको उक्त उधौली कार्यक्रमा अध्यक्ष राईले कार्यक्रम गर्नुको मुल उद्धेश्य, आउने भावि पुस्तालाई आफ्नो समुदायको संस्कार र संस्कृति विषयमा बुझाउनु रहेको बताउँदै अमेरिकामा रहेका सम्पूर्ण राईहरु एक भएर आफ्नो संस्कार र संस्कृति जोगाउन तथा भैपरी आउने समस्यामा एकआपसमा सहयोगको वातावरण तयार गर्नु रहेको बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एनआरएनए अमेरिकाका पूर्वउपाध्यक्ष, अर्गनाइजेशनका पूर्व केन्द्रीय सभापति तथा हालका सल्लाहकार तथा जनजाति महासंघ अमेरिकाका सल्लाहकार मिलन राईले उधौली र उभौलीका विषयमा बताएका थिए । उनले व्यस्त समयमा पनि कार्यक्रममा उपस्थित भइदिएकोमा सबैलाई धन्यवाद व्यक्त गरेका थिए । राईले आफ्नो संस्कार र संस्कृति संरक्षणका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने समेत बताएका थिए ।

केशर राईको स्वागत मन्तव्य, महासचिव हर्क राईको कार्यक्रम संचालन रहेको उक्त कार्यक्रममा संस्थाको आर्थिक विवरण बारे सरिता राईले जानकारी दिएकी थिइन् ।

उक्त अवसरमा डिएमभिपी च्याप्टरमा आवद्ध नयाँ सदस्यहरुलाई अध्यक्ष प्रकाश राईले खादा लगाएर स्वागत गरेका थिए भने न्यूयोर्क च्याप्टरका अध्यक्ष केशव राम राईले कार्यक्रमका लागि निमन्त्रणा गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

राईले अमेरिकामा रहेका राईहरु एकजुट भएर आफ्नो संस्कृति संरक्षणमा लाग्नुपर्ने बताएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com