शोकमा सामूहिक केश मुण्डन


प्रकाशित मिति : फाल्गुन ३०, २०७३ सोमबार

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको होलीको अवसरमा मधेशी मोर्चा सप्तरीले मधेशमा पुतला दहन गरेका छन् भने रंग र अबिर लगाउने दिनमा सप्तरी सदरमुकाम राजविराजमा सामूहिक मुण्डन गरिएको समेत गरिएको छ ।

सप्तरी घटनाको प्रमुख दोषि एमाले अध्यक्ष ओली रहेको ठहर गर्दै मधेशी मोर्चा सप्तरीले ओलीको पुतला दहन गरेको जनाईएको हो ।
तराई—मधेसका जिल्लाहरुमा सोमबार होली मनाइरहे पनि कुनै रौनक र उत्साह नदेखीएको जनाईएको छ ।

सप्तरीको मलेठ गाविसमा फागुन २३ गते भएको गोलीकाण्डमा पाँच जना मारिएको शोकमा सोमबार बिहानै सामूहिक मुण्डन गरेका जनाईएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अगुवाइमा भएको यो कार्यक्रममा केही सञ्चारकर्मीले समेत मुण्डन गराएका जनाईएको हो ।

मृतकहरुको आत्माको शान्तिको कामना गर्दै गरिएको सामूहिक मुण्डन कार्यक्रममा संघिय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र साह, सुर्यनाथ यादव, अशोक यादव, प्रदेश सचिव शम्भु झा, राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डल, जिल्ला अध्यक्ष सतिश सिंह, सद्भावना पार्टीका केन्द्रीय सदस्य दिनेश यादव, दिपेन्द्र चौधरी, सत्यनारायण यादव, जिल्ला अध्यक्ष सुनिल झा, क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, सदभावना निकट रक्षा बाहिनीका अध्यक्ष बिनोद यादव, मधेसी मोर्चाका जिल्ला संयोजक दिनेश यादव, संघीय समाजवादी फोरम नेपालका युवा नेता नवनीत झा, विद्यार्थी मंचका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवसहित तीन दर्जनले सामूहिक मुण्डन गरेका जनाईएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com