नेपालको शानदार जित


प्रकाशित मिति : फाल्गुन ३०, २०७३ सोमबार

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलमा नेपालबाट केन्या ७ विकेटले पराजित भएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको केन्याविरुद्धको दोस्रो खेलममा नेपालले सात विकेटको जीत निकालेको हो । यसअघि ब्याटिङ गरेको केन्याले नेपाललाई १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालको जीतका लागि ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीले अर्धसतकिय योगदान दिएका थिए । जीतसंगै नेपालले विश्व च्याम्पियनसीपमा ८ अक जोडेको छ । नेपालले केन्यालाई ४६ दशमलव १ ओभर खेलेर १ सय ५५ रनमा अल आउट गरेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com