नेपाली मुलकी अस्मिता इङ्लिस क्लब एस्टन भिल्लामा, शुक्रबार ब्यवसायिक सम्झौता


प्रकाशित मिति : मंसिर १३, २०७६ शुक्रबार

नेपाली मुलकी फुटबलर अस्मिता आले इङ्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लामा अनुबन्ध भएर आफ्नो फुटबल यात्रा सुरु गरेकी छन् । पूर्व गोर्खा सैनिक अमृत आलेकी छोरी अस्मिताको पुख्यौली घर तनँहु दमौली हो ।

बेलायतमै हुर्किएकी अस्मिता सोही क्लबको एकेडेमीबाट खेल्दै आएकी थिइन् । उनलाई शुक्रबार क्लबले ब्यवसायिक सम्झौता गरेको हो । १८ वर्षीया अस्मिता आठ बर्षको उमेरदेखि एस्टन भिल्लाको एकेडेमीमा आबद्ध भएकी थिइन् । उनले उमेर समूहको हरेक खेलमा उत्कृष्ट प्रदर्शन गरेका कारण क्लबले अनुबन्ध गरेको बताइएको छ ।

व्यवसायिक फुटबल खेल्ने आफनो सपना रहेको सानैदेखि खेल्दै आएको क्लबमा व्यवसायिक रुपमा अनुबन्धित हुन पाउँदा खुशी लागेको उनको भनाई छ । अस्मिताले इङल्यान्डको यू–१९ राष्ट्रिय महिला टोलीबाट खेलिसकेकी छिन् । उनले युइएफए वुमन्स यू–१९ च्याम्पियनसिप छनोट खेल पनि खेलेकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच एनआरएनए अध्यक्ष कुमार पन्तले इङ्लिस क्लब एस्टन भिल्लामा आवद्ध भएर व्यवसायिक फुटबलयात्रा आरम्भ गरेकोमा अस्मितालाई बधाई र शुभकामना दिएका छन् । पन्तले भनेका छन् – ‘तपाईको हरेक सफलतामा नेपाली डायस्पोरा गर्व गर्दछ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com