आफूले २ चिजमा कहिले खर्च नगर्ने २९ वर्षीय करोडपतिको खुलासा


प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार

आफूले २ चिजमा कहिलेपनि रकम खर्च नगर्ने २९ बर्षका करोडपति युवा ग्राहम स्टेफनले खुलासा गरेका छन् । यी युवाले एकमहिनामा २ लाख २० हजार डलसम्म कमाउने गरेका छन् भने सन् २०१९ मा कम्तीमा डेढ मिलियन डलर कमाउदै छन् ।

युट्युब स्टार स्टेफनले आफ्नो आम्दानीको ९९ प्रतिशत रकम वचत गर्ने गरेको बताएका छन् । उनले २६ बर्षको उमेरमा नै पहिलो पटक १ मिलियन डलर कमाएका थिए ।

उनले कहिलेपनि कफीका लागि रकम खर्च नगर्ने खुलाएका छन् । स्टारबक्स र कफी विन जस्ता क्याफेहरुमा कफीका लागि महँगो खर्च गर्नुको साटो आफूले घरमै २० सेन्टको लागतमा कफी बनाउने गरेको उनले बताएका छन् । अरु ग्रोसरी स्टोरको तुलनामा आधा सस्तोमा स्मार्ट एण्ड फाइनलबाट कफी किनेर घरमै ल्याएर बनाउने उनको भनाई छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

त्यस्तै उनले डिजाइनरले बनाएका ब्राण्डेड कपडापनि कहिले नकिन्ने खुलासा गरेको छन् । गुच्चीको जुत्ताको लागि ७ सय डलर खर्च गर्नुको कुनै अर्थ नभएको बरु आफूले त्यस्तै जुत्ता अल्दो, एचएनएम वा अन्य स्टोरबाट एकसय डलरभन्दा कममा पाउने गरेको बताएका छन् ।

उनले गत अप्रिलमा ३५ हजार डलर मूल्यको टेस्ला कार किनेका थिए । वास्तवमा उक्त कार पनि आफूले निशुल्क नै पाएको उनको तर्क छ । उनले कार किन्न लागेको बारेमा भिडियो बनाएको र भिडियो भाइरल भएपछि त्यही भिडियोबाट कार किन्ने पैसा उठेको उनको भनाई छ ।

करोडपति बन्दैमा लापरवाही तरिकाले खर्च गर्नु नपर्ने उनको भनाई छ । करोडपति बन्नका लागि दिनको १२ घण्टा काम गर्नु नपर्ने तर श्रृजनात्मक तरिकाले सोंच्नुपर्ने उनको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com