खाली खुट्टा काठमाडौँ आएर अरुकोमा भाँडा माझ्ने घरेलु कामदार तारा मिहिनेतले बने अरबपति

– अस्मिता खड्का

धेरै पढ्ने सपना ! त्यो पनि काठमाडौँ शहरमा । कसैको साथ छैन । शरिरमा एक सरो कपडा र खाली खुट्टा । गाउँलेका लागि अञ्जान र विरानो देश । भर्खर, दह्रोसँग खुट्टा टेक्न मात्रै जानेको ११ वर्षीय बालकले देखेका सपना हुन ! पढ्दा एकादेशको काल्पनिक कथा जस्तो लाग्छ । तर,विकट गाउँ, काभ्रेपलाञ्चोक कोशी पारी जन्मेका तारा बहादुर कुँवरले सपना पुरा गर्न गरेको संघर्षको वास्तबिक कथा, जुन अदभूत छ ।

ठूलो दाजुको हात समाउँदै,काठमाडौँ ओर्लिएका थिए तारा ! काठमाडौँ एउटाघरमा घरेलु कामदारको रुपमा तारालाई भर्ति गरिदिए र दाई आफ्नो बाटो लागेँ ।जुनदिन दाईको हात छोडेर,अर्काको घरमा कामगर्न बस, त्यही दिनदेखि शुरु भयो बालक तारा बहादुर कुवरको जिवनसंघर्ष । सुरुका दिन उनका लागि सहज थिएनन् । गाउँले साथी भाईको यादले निकै सतायो ।

आमाबुबाको सम्झनाले पटक–पटक रुवायो । धेरै पढ्ने सपनाले चुप लगाउँथ्यो । गाउँमा दुई कक्षा पास गरेका उनी, काठमाडौँमा ४ कक्षामा भर्ना भए । ‘अर्काको घरमा जुठा भाँडा माझेर पढ्न, कत्तिको सजिलो भयो होला ? ताराले हामीलाई प्रश्न गरेँ । एकैछिन रोकिएर,फिस्स हाँदै भने ‘निकै गाह्रो थियो’यत्ति बोलेर,फेरि रोकिए ! उनको चाउरी परिसकेको अनुहारभित्र बाल्यकालमा भोगेका पीडाहरु पढ्न सजिलै सकिन्थ्यो ।

Loading...

जाडो मौषम ! काँपिरहेको शरिर ! भाँडाधुँदा कठ्याङरिएका कलिला हात । कस्ले सुम्सुमाउने ? उनी बालक होइन,कामदार थिए । पुस माघको कडकटाउँदो जाडो, सिमेन्टको ट्यांकिमा राखेको पानी । जाडोले काँपेको देखेर हरि बाहुनले, चुरोट खान सिकाए । ‘मालिकले खाएर फालेको चुरोटका ठुटा जम्मा पारेर खाँदा एकपट नराम्रोसँग विरामी परेँ ।’ताराले सुनाए ।

एउटै घरमा बालक–बालक बिच हुने विभेद भूईंबाट टुलुटुले हेर्न मात्र सक्थे । यो विभेदले पढेर ठूलो मान्छे बन्ने उनको सपना झनै बजबुत बन्यो ।
बिहान घरको काम सकेर कमलपोखरीबाट महाराजगंज स्कुल पुग्नु पर्दथ्यो । त्योपनि पैदल । एक्लै बाटोमा डराई डराई हिड्नु पर्ने । आफ्नो स्कुलबाट फर्केर फेरि मालिकका छोराछारी लिन स्कुल पुग्नु पर्दथ्यो ।

‘म त्यो बेला कहिल्यै हिँडिन, सधै दौड लगाए । नत्र मेरो स्कुलबाट हिँडेर मालिकको छोराछोरी पढ्ने स्कुल पुग्नै सक्दैनथेँ । समयमा नपुग्दा, कामदार माथि कस्तो व्यावहार हुन्छ ? तपाई आफै अनुमान लगाउन सक्नुहुन्छ ।’‘जसको घरमा काम गरेँ,त्यहाँ कहिल्यै मिठो चोखो खान जुरेन ।

स्कुल डे्स थिएन । साथीको पाइन्ट र मेरो सट मिलाएर पालैपालो लगाउँथ्यौँ । आत्म गलानी हुन थाल्यो । स्कुलको फि ३ रुपैयाँ कहाँबाट तिर्ने ? अर्काको घरमा काम गर्दा न त स्कुलको होमवर्क गर्न पाउनु न त समयमा स्कुल ? सरै दुःख भयो । सोचेँ, पढ्ने मेरो भाग्यमा लेखेको रहेनछ । भाग्यलाई दोस दिँदै,पढ्ने सपना छोडिदिँए । १९ महिना काम गरेको तलब ९५ रुपैयाँ बोकेर काम र पढाई छोडेर निस्किए !

कुरा,०३६ सालको हो ! गाउँले दाजुभाई टेकुमा ठेला चलाउँने काम गर्दथे । तारा साथमा भएको ९५ रुपैयाँ बोकेर टेकु पुगे । तारामा पनि ठेला चलाउने इच्छा पलायो ।

दाई र काकाले ठेलामा बसेर गरेको रमाईलो ! देखेर तारा घरेलु कामदारभन्दा खुल्ला आकाशमुनी रमाईलो जिन्दगी बिताउने निधो गरे । बाहिरी रमाइलोबाट लोभिएका तारा काका र दाई बस्ने घर, अझै रमाइलो होला भन्ने मनमनै लख काटेका थिए ।

Loading...

हातमा टिनको बाकस बोकेर काका र दाईको पछिपछि कोठामा पुगे । त्यसपछि ताराको होस उड्यो ! अध्यारो कोठा, डर लाग्दो गल्ली । सड्क छोउमा हाँसी मजाक गर्ने काका र दाई घरमा माटोको भाँडोमा भात बनाएको देखेर झनै दंग परेँ । भात पाक्यो । सिलपटको थालमा भात पस्किए ,अनि त्यही भाँडोमा तरकारी पाक्यो । सबैले मिठो गरी खाए ।

अध्यारो कोठामा लुगा कहाँ छ, देख्नै मुस्किल ! सुत्ने सुरसार भयो । तर विस्तारा छैनन् । कसरी सुत्ने । उहाँहरु त बोरा ओड्ने र अछ्याउने गर्नु हुने रहेछ ! घरेलु कामदार भएर काम गरे पनि तालाले बोरा ओढेर सुत्नु परेको थिएन ।

दाई र काका बोरा ओढेर सुते ! तारा टिनको बाकस खोले । बाकसभित्र रहेको सुइटर निकालेर बोरामै लमेटिए । त्यो रात कट्यो । बिहानीको मिरमिर उज्यालोमा सबै उठेर रोडमा निस्किए । रोडमा आउन बित्तिकै ताराले टिनको पाता बोक्ने पहिलो काम पाए । टिनको पाता टेकुबाट २ रुपैयाँमा सितापाईलामाथिको डाँडामा पुर्याउनु थियो ।

‘मैले बोकेको जस्ता दुईपाता थियो । जस्ता पुर्यार फर्कदा चारैमा घाम लागि सकेको थियो । २ रुपैयाँ, हेर्दै सोचे, पहिला महिनामा ५ रुपैयाँ आउँथ्यो तर, आज एक दिनमै दुई रुपैयाँ कमाए ! एक्लै गुनगुनाएँ अनि खल्तीमा राखेँ । त्यसपछि लगाएको सुईटर हेर्दा झण्डै सातो गयो ।’

हेछु त ! सुईटरभरि सेता जुम्रा छपक्कै ! हत्तपत्त सुईटर खोले अनि चौरमा फालेँ । के गर्नु, नयाँ किन्ने पैसा थिएन । फेरि, जुम्रा टिपेर फाल्न थाले ।’ काका र गाउँलेदाईको बाहिरी दुनियाँदेखि लोभिएका उनी काम गर्ने घर छोडेकोमा पछुतो भयो । ‘मैले जिवनमा ठूलो गल्ती गरेँ ।’

Loading...

बाकसमा जतन गरी राखेको पाइन्ट लगाएर बजारतिर काम खोज्न निस्कीएँ । कामको खोजीमा धेरै नै भौतारिए । कसैले काम दिएन । साँझ जुम्रे कोठामै फर्किए !

अर्को दिनदेखि ठेला चलाउने र ज्यामी काम सुरु गरेँ । एक मानो घ्यूमा खड्कीसँग ठेला पट्टयाए । ठेला चलाउने काम केही समय गरँे । अनि रेक्सा चलाउन थालेँ । यसमा राम्रो कमाई भयो ।

Loading...

पाईपाई गरेर जोडेको पैसाले नयाँ रेक्सा किनेँ । त्यो दिनदेखि ताराले जिवनमा कहिल्यै पछि फर्केर हर्नु परेन । कामदारबाट मालिक बनेका उनीले दिनमै ८० रुपैयाँ कमाउन थालेँ । ४० सालपछि उनको जिवन विस्तारै फेरिन थाल्यो । राम्रो लाउन सक्ने भएपछि बिहे गरेँ । बिहे लगत्तै तीनवटा रेक्सा किने ! सामान बोक्ने रेक्सा भाडामा लगाए र आफू विदेशी पर्यटक बोक्न थाले । केही समयपछि टेम्पु चलाउन थाले । त्यतिमात्र होइन । सड्क छेउमा कपडा पनि बेच्न थाले ।

 

‘श्रीमती र बहिनीको गहना अडाना राखेर पहिलो टेम्पु किने । अनि अरुलाई आफ्नो सिप बाँड्न थाले । एक वर्षमा ८० जना ज्यामी काम गर्नेलाई ट्याम्पु चालक बनाएँ ।

ऋणधन गरेर किनेको टेम्पुको किस्ता ६ महिनामा पुरा गरेँ । उनको मेहनत र लगनशीलाकै चमत्कार भन्नुपर्छ हरेक ६ महिनामा नयाँ टेम्पु थप्दै गए । टेम्पु चलाएको चारवर्षमा २७ वटा टेम्पु किन बेच गरँे ।

मिनी ट्रक,ट्रिपर त्यसपछि बुल्डोजर, १२ वटा हेविइक्पमेन्ट,भुवानीका लागि सातवटा प्लेटवाला ट्रक र डोजरका मालिक बनेका उनको चर्चा चारैतिर हुन थाल्यो ।

‘अरुले हेर्दा मेरो जिन्दगी फुलको थुँगा जस्तो लाग्छ, तर,मेरो विगत सम्झदा मुटु दुख्छ । मैले जति पसिना सयाद, यो माटोमा अरुले बगाएको छैन होला ।’‘हेर्दा धन दौलत छ तर,म पनि मान्छे न हो । अरुको अगाडि नरोए पनि एक्लै भगवानसँग कुरागर्दै रुन्छु । भगवानको अगाडि आँशुसँग आफ्ना पिडा साट्ने गर्छु ।’

‘तपाई विश्वास गर्नुहुँदैन होला ? म अहिले पनि दिनमा १४ देखि १५ घण्टा काममा खटेकै हुन्छु ।’ ६ पास भएपनि तारा कलेजमा रेक्चर दिन जान्छन् ।
एउटै कापीले कक्षा दुईसम्म पढाई गरेका ताराले, गरिब परिवारका बालबालिकाको शिक्षाका लागि १० लाखको अक्षकोष समेत खडा गरेका छन् । ‘मैले जस्तै कक्षा ६ मै नयाँ पुस्ताले पिएचडी गर्नु नपरोस् । कम्तिमा मेरो सानो सहयोगले कक्षा १० पढ्न सकुन भनेर शिक्षा कोष खडा गरेको हुँ’उनले सुनाए । सबैभन्दा ठूलो शिक्षा नै हो ।’

तारा काठमाडौँ चक्रपथ सफाई अभियानका अगुवा पनि हुन । उनले यो अभियान २०७१ सालबाट सुरु गरेका हुन । ‘११ वर्षको हुँदा काठमाडौँ आईपुगेका उनी पाँच दशक पुरा गरिसके ।

जिवनका कष्टपूर्ण भोगाइबाट भविश्यका सुन्दुर अवसर पैदा गर्न सक्नुनै मानिसको अदभूत क्षमता र सफलत हो । पढेर भन्दा परेर धेरै सिकेका तारा कुवँर त्यही अदभूत प्रेरणाका पात्र हुन । सरल स्वभाव र कामप्रति इमान्दारीताले उनको जिवन संघर्षसुन्ने जो कोही पनि, एक पटक सोच्न बाध्य हुन्छन् । के यो साँच्चै हो ! घरेलु कामदार अहिले अरबौँको मालिक ! उनको नाम र काम सुन्ने उनको जिवन कथा सुन्न निकै इच्छु भएको पाइन्छ । ठेलागाडादेखि बुल्डेजरका मालिक कुँवर कस्मेटिक बन्दै गएको नयाँ पुस्ताले उनीबाट प्रेणा लिनुपर्छ । उनी यूरोपका सबै मुलक र अन्य देशमा पनि भ्रमण गरिसकेका छन् ।

खाली खुट्टा काठमाडौँ आईपुगेका तारा अहिले हेभी इक्विपमेन्ट व्यवसायी संघका संस्थापक अध्यक्ष, एक्जाभेटर, व्याकहो लोडर ,टेलर, ट्रक, र क्रेनका मालिक हुन ! चर्चित युरोपियन ब्रान्ड आईटीआरको उत्पादन साथै अमेरिकी ब्राण्ड जीपी लुब्रिकेन्टसको नेपालका आधिकारीक बिक्रेता पनि हुन । आफ्नो पसिना र इमान्दारीताभित्रबाट चम्केका ताराको जिवनसंघर्ष र सफलता साँच्चै अदभूत छ । यो उनको अविचलित संघर्षको परिणाम नै हो ।


प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com
Loading...