अमेरिकामा भिसा जोगाउन नक्कली विश्वविद्यालयमा भर्ना हुने थप ९० जना पक्राउ


प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार

अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले भिसा जोगाउन नक्कली विश्वविद्यालयमा भर्ना भएका थप ९० जना विदेशी विद्यार्थीहरुलाई पक्राउ गरेको खुलासा भएको छ । गतबर्षको जनवरीमा नक्कली विश्वविद्यालयमा भर्ना भएका २५० जना विद्यार्थीहरुलाई पक्राउ गरेको र त्यसमध्ये अधिकांश भारतीय रहेको समाचार आएको थियो ।

त्यसयतापनि थप ९० जना विदेशी विद्यार्थीहरु पक्राउ परेका छन् । सुरुमा पक्राउ परेका २५० जनामध्ये ८० प्रतिशतलाई आफै अमेरिका छाड्न निर्देशन दिइएको र उनीहरुले अमेरिका छाडिसकेको आइसले जनाएको छ । बाँकी २० प्रतिशतले औपचारिक देशनिकालाको आदेश पाएको र उनीहरु अमेरिकामा बस्नका लागि कानुनी लडाई लडिरहेको जनाइएको छ ।

सरकारले अमेरिकामा विद्यार्थी भिसामा आएर भिसा जोगाउनमात्र विश्वविद्यालय भर्ना हुनेहरुलाई निशानामा राखेर नक्कली विश्वविद्यालय नै खोलेको थियो । त्यही नक्कली विश्वविद्यालयमा भर्ना हुनजाँदा विद्यार्थीहरु फस्न पुगेका थिए ।

शुल्क तिरेर पढ्न जानु नपर्ने तर भिसा अद्यावधिक हुने सुविधा सहित अमेरिकी सरकारले अध्यागमन अपरेशनका दौरान नक्कली विश्वविद्यालय स्थापना गरेको थियो । मिसिगनमा फार्मिंटन युनिभर्सिटीका नाममा खोलिएको उक्त नक्कली विश्वविद्यालय लगत्तै बन्द गरिएको थियो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

युनिभर्सिटी अफ फार्मिङटनका नामबाट खोलिएको वेवसाइटमा विद्यार्थीहरु अध्ययन गर्दै गरेका तस्वीरहरु राखिएको थियो । झट्ट हेर्दा युनिभर्सिटी नक्कली हो भनेर पत्याउन मुस्किल थियो । । अण्डर ग्रयाजुएटका लागि बार्षिक ट्युशन शुल्क साढे ८ हजार डलर र ग्रयाजुएटका लागि ११ हजार डलर तोकेर वेवसाइटमा प्रचार समेत गरिएको थियो ।

बन्द गर्नु अगाडि युनिभर्सिटीको वेवसाइट यस्तो थियो ।

तर यो युनिभर्सिटीमा कुनै कक्षा संचालन पनि हुने गरेको थिएन भने कुनै शिक्षक वा प्राध्यापक समेत नियुक्त गरिएको थिएन । क्याम्पसको नामको एउटा सानो कोठामात्र रहेको थियो । यो अमेरिकी सरकारका अण्डरकभर एजेन्टहरुले भिसाको दुरुपयोग गर्ने विदेशी विद्यार्थीहरुलाई फन्दामा पार्न स्थापना गरेका थिए । विद्यार्थी भिसा जोगाउन कलेजमा भर्ना हुने तर अध्ययन नगरी काम गर्दै अमेरिकामा बस्नेहरुलाई फन्दामा पार्न यस्तो नक्कली युनिभर्सिटी स्थापना गरिएको थियो ।

सुरुमा विद्यार्थी भिसामा अमेरिका आउने र पछि अमेरिकामा बस्न र काम गर्नका विद्यार्थी भिसा अद्यावधिक राख्नका लागि सस्ता युनिभर्सिटी खोज्ने विद्यार्थीहरुलाई फन्दामा पार्न आइसले यस्तो उपाय अपनाएको हो ।

 

 

 

त्यस्तै आइसले कम्तीमा ६ सय विद्यार्थीहरुलाई विद्यार्थी भिसाको दुरुपयोग गरेर अमेरिकामा नै बस्न सघाउने ८ जनालाई पनि नियन्त्रणमा लिएको थियो । यो अपरेशनका कारण कतिजना विद्यार्थीहरुले देशनिकालाको सामना गर्दैछन् भन्ने बारे आइसले केही पनि बताएको छैन ।

भिसा दुरुपयोग गर्ने विद्यार्थीलाई फसाउन अमेरिकी सरकारको गृहमन्त्रालयको वेवसाइटमा नै उक्त युनभर्सिटीलाई आधिकारिक युनभर्सिटीको सुचीमा राखिएको थियो ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरुले पढ्न सक्ने भन्दै अमेरिकामा रहेका डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले राखेका शिक्षण संस्थाहरुको सुचीमा युनिभर्सिटी अफ फार्मिङटनलाई पनि सुचिकृत गरिएको थियो । उक्त नक्कली युनिभर्सिटीको फेसबुक र ट्वीटर पेज समेत बनाइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com