थ्याङक्स गिभिङको पूर्व सन्ध्यामा ४ हजार भन्दा धेरै उडानमा ढिलाई, १० औं हजार विद्युतविहिन


प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार

मौषममा आएको खराबीका कारण थ्यांक्सगिभिङको पूर्व सन्ध्यामा ४ हजारभन्दा धेरै उडानहरु ढिलो भएका छन् । आज बेलुका ८ बजेसम्म अमेरिकामा ४ हजार ५ सय ८३ उडानहरु ढिलो भएका छन् भने १५७ उडानहरु रद्द भएका छन् ।

दोश्रो आँधी अमेरिकाको पूर्वी भागतिर अगाडि बढिरहेको छ, जसका कारण यो सप्ताहन्तमा हिमपात समेत हुनसक्नेछ । न्युयोर्कदेखि बोष्टनसम्मको वर्षा हिमपातमा समेत परिणत हुनसक्ने अनुमान गरिएको छ ।

ओहायो रिभर भ्यालीबाट एउटा आँधी पूर्वतिर अगाडि बढिरहेको छ । कडा आँधीका कारण क्यालिफोर्निया, ओहायो, इलिनोय, इन्डियाना, मिसिगन, पेन्सिलभेनिया, वेष्ट भर्जिनिया र विसकन्सिनमा दशौं हजारका घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ ।

अमेरिकाका पश्चिमी राज्यहरुमा झण्डै २ करोड मानिसहरुले मौषमी चेतावनीको सामना गरिरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com