अमेरिकाका नेपालीले व्हाइट हाउस अगाडी भारतीय अतिक्रमणबिरुद्ध जुलूस निकाल्ने


प्रकाशित मिति : मंसिर ९, २०७६ सोमबार

– विजय थापा

अमेरिकामा रहेका नेपाली संघ/संस्था र नेपाली समुदायले व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध व्यापक बिरोध जुलूस प्रदर्शन गर्ने भएका छन् ।

भारतको चौतर्फी व्यापक बिरोध भै रहेको अवस्थामा अमेरिकी राष्ट्रपति भवन अगाडी रहेको लाफेएट उद्यान (पार्क )मा जम्मा भै डिसेम्बर १४ शनिबारका दिन बिरोध प्रदर्शन गर्ने तयारी भै रहेको छ ।

अमेरिकामा लामो समय देखि बस्दै विभिन्न संघ/संस्थामा बिभिन्न ओहदामा नेतृत्व लिई सकेका नेपालीहरुले गत नोभेम्बर २० र नोभेम्बर २३ मा आयोजना गरेको दुर संचार प्रणाली( टेली कन्फेरेन्स कल ) को माध्यमद्वारा भारत बिरुद्ध ऐतिहासिक कार्यक्रम गर्ने योजना बनाएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्मरण रहोस सन् २०१५ मा भारतले अघोषित आर्थिक नाकाबन्दी गर्दा अमेरिकामा बस्ने नेपालीहरुले सबै कुरा त्यागेर एक जुट भै ईतिहास मै पहिलो पटक गोलबद्ध भै भारत बिरुद्ध बिरोध प्रदर्शनमा मानव सागर उर्लिएको थियो ।

फेरि ४ बर्ष पछि अमेरिकामा बस्ने नेपाली बीच एकता कायम हुनु पर्ने अवस्था आएको छ भने यस पटक अझ ज्यादा सहभागिता हुने अपेक्षा गरिएको छ ।

भारत बिरुद्ध जुलूस प्रदर्शन गर्नको लागि व्यापक प्रचार प्रसार गर्ने अभियानमा नेपाली समुदायलाई जुटाउन आफ्ना गतिबिधिहरु सुरुवात गरि सकेका छन् ।

उक्त दिन बिहान १० बजे प्रदर्शन गर्ने समय निर्धारण गरिएको छ भने संयुक्त नेपाली मोर्चा जस्लाई ‘नेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरू’नामक नेपालीहरुको समूहले नेतृत्व गर्ने छ ।

जस्मा सबै नेपाली समुदाय सदस्य र अमेरिकाका सबै राज्यका नेपाली संघ/संस्थाको प्रतिनिधि हुने र अटाउने गरि लिपुलेक र कालापानीको अतिक्रमण बिरुद्ध प्रदर्शन गर्ने छन् ।

आयोजना गर्ने पहलकर्ताले सबैलाई आन्दोलनमा सहभागी भएर गरिएको प्रयासलाई समर्थन गर्न अपिल गरेका छन् । भारतलाई नेपालीहरु जहाँसुकै भए पनि नेपालीहरूले नेपालको भूमिको अतिक्रमण हुन दिदैनन् भनि स्पष्ट रुपमा सन्देश पठाउन आग्रह गरेका छन् ।

नेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरू नामक नारा सहित व्यापक तयारी साथ सबैलाई ऐक्यबद्धता जनाउन र सशक्त सहभागिताको लागि आव्हान गरिएको छ ।

गत नोभेम्बर २३ का दिन बसेको बैठकमा एनएनएका पूर्व अध्यक्ष रोजर अधिकारी,प्रा डा अम्बिका अधिकारी,नासाका पूर्व अध्यक्ष बिमल नेपाल ,आन्माका अध्यक्ष बलराम पन्थी ,नासाका अध्यक्ष बिनय अर्याल ,एएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी ,आन्माका दिभाकर दाहाल ,नासाका महा सचिव कृष्ण श्रेष्ठ ,डिजे गोर्खाली तथा एएनएका महासचिव विजय भट्टराईको उपस्थिति रहेको थियो ।

पहिलो बैठक र दोश्रो बैठकले उक्त दिनको तयारीको लागि चाहिने अत्यन्तै आवश्यक सामाग्रीहरुको सूची तयार गर्नुको साथै विभिन्न व्यक्तिहरुलाई जिम्मेबारी बिभाजन गरेको छ ।

प्रेस बिज्ञप्ति(छापा )को लागि लेखनमा रोजर अधिकारी तथा प्रा अम्बिका अधिकारीले जिम्मेबार लिनेछन् भने बिरोध प्रदर्शन गर्नु अगाडी अनुमति लिनु पर्ने हुनाले व्हाइट हाउस अगाडी रहेको लाफेएट उद्यान (पार्क )को लागि खगेन्द्र अधिकारी ,कुलमणि आचार्य तथा सुरेश सापकोटालाई जिम्मेबारी सुम्पिएको छ ।

साथै त्यहा चाहिने ध्वनि प्रसारणको व्यवस्थापनमा डिजे गोर्खाली तथा सुरेश सापकोटाले जिम्मेबार लिएका छन । उक्त प्रदर्शनको लागि बिभिन्न नारा सहित प्रचार प्रसार सामग्री (प्लेकार्ड -बिज्ञापन पत्र )तुल ,झन्डाको लागी विजय भट्टराईले नै मूल टोली निर्माण गरि उनीहरुले नै यस्ता प्रचार प्रसार नारा लेख्ने जिम्मेबारी दिइएको छ ।

यसै गरि आधिकारिक रुपमा पत्राचारको जिम्मेबार प्रा अम्बिका अधिकारी ,डा अनुप पहाडी र रोजर अधिकारीले जिम्मेबारी लिएका छन् । यसका लागि कोषको आवश्यक पर्ने हुनाले छलफल गर्ने र सबैलाई सहयोगको लागि आब्हान गर्ने निर्णय गरेको छ । यसलाई व्यापक बनाउन सामाजिक संजालको भरपुर फाइदा लिनु पर्ने हुनाले व्यापक प्रचार प्रसार गर्ने निर्णय समेत गरेको छ ।

संचार माध्यमका सबै उपाय प्रयोग गरि सबै नेपाली समुदाय ,संघ/संस्थालाई अवगत गराउन कुनै कसर नछोड्ने निर्णय समेत गरेको छ । संचार माध्यममा संचारकर्मीहरु डिसीका विजय थापा ,नर्थ क्यारोलाइनाका बिनय अर्याल ,टेक्ससका विजय भट्टराई तथा कोलोराडोका शैलेश पोख्रेललाई हाललाई जिम्मवारी सुम्पिएको छ ।

मूलधारका संचार माध्यमलाई उक्त बिरोध प्रदर्शनमा ल्याउन निमन्त्रणा पत्र पठाउनुको साथै बिरोध प्रदर्शन पछि संचार अभियान चलाउने निर्णय समेत गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com