अष्ट्रेलियामा नेपाली दम्पत्तिबीच चक्कु हानाहान, क्रिकेटर श्रीमानको मृत्यु, श्रीमति प्रहरी हिराशतमा


प्रकाशित मिति : मंसिर ८, २०७६ आईतबार

अष्ट्रेलियामा श्रीमतीले धारिलो हतियार प्रहार गर्दा मृत्यु भएका ३४ बर्षीय नेपाली नेपाली क्रिकेट खेलाडी ३४ बर्षका सन्तोष गौतम रहेको खुलेको छ । उनकी श्रीमती ३४ बर्षकै नुमा गौतमले धारिलो हतियार प्रहार गर्दा सन्तोषको शनिबार राती मृत्यु भएको थियो । सन्तोष अष्ट्रेलियाको नेपाली समुदायका चर्चित नेपाली खेलाडी हुन् ।

अष्ट्रेलियाको ग्रान्सभिलमा भएको उक्त घटनाभन्दा केही अगाडिको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको छ । उक्त फुटेजमा सन्तोषको जीवनको अन्तिम क्षण कैद भएको छ । शनिबार बेलुका ६ बजे घर फर्कदै गर्दा उक्त भिडियो कैद भएको थियो ।

त्यसपछि गौतम दम्पत्तिबीच झगडा भएको र श्रीमती नुमाले सन्तोषको पाखुरामा धारिलो हतियार प्रहार गरेको जनाइएको छ । बेलुका साढे ७ बजे प्रहरी घटनास्थलमा पुग्दा श्रीमान अचेत अवस्थामा थिए भने श्रीमती पनि घाइते अवस्थामा थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गम्भीर घाइते भएका श्रीमानलाई नजिकैको अस्पतालमा लगिएको थियो । अस्पतालमा उपचारका क्रममा उनका निधन भयो । उनको स्थायी घर नेपालको रुपन्देही भएको जनाइएको छ । उनीहरुकी ८ बर्षकी छोरी समेत छिन् ।

श्रीमानको हत्याको अभियोगमा प्रहरीले नुमालाई नियन्त्रणमा लिएको छ । उनलाई पारामाथा बेल कोर्टमा पेश गरिएकोमा नुमाले धरौटीमा रिहा हुनका लागि अनुरोध नगरेको जनाइएको छ । उनलाई प्रहरी हिराशतमा नै राखिएको छ भने विहिबार अदालतमा पेश गरिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com