अमेरिकाज गट ट्यालेण्टको अडिशन राउण्डमा दिनेशले देखाए प्रस्तुती, प्रोड्युसर टिमबाट प्रशंसा


प्रकाशित मिति : मंसिर ८, २०७६ आईतबार

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा तीनपटक पटक नाम लेखाउन सफल नेपाली पार्कर खेलाडी दिनेश सुनारले अमेरिकाज गट ट्यालेण्टको अडिशनको पहिलो राउण्डमा आफ्नो प्रस्तुती देखाएका छन् । ब्यालेन्स ग्रुपको सहकार्यमा नेपालकै इतिहासमा पहिलो पटक दिनेश सुनारले अमेरिकाज गट ट्यालेण्टको प्लेटफर्ममा प्रस्तुती देखाएका हुन् ।

ब्यालेन्स ग्रुप अफ कम्पनीजका कार्यक्रम संयोजक मनोज पन्थीले स्टेजमा सुनारलाई सघाएका थिए । दिनेशको प्रस्तुतीको नेतृत्व र निर्देशन गरिरहेका उनी अगाडिको राउण्डहरुमा छनौट भएको खण्डमा स्टेजमापनि सँगै हुनेछन् ।

दिनेशले हिजो दिउसो न्युयोर्कको म्यानहटनमा रहेको ज्याकोब जाभिट सेन्टरमा अमेरिकाज गट ट्यालेण्टका प्रोड्युसर  टिम र कैयन दर्शकहरुसमक्ष आफ्नो कला प्रदर्शन गर्दा प्रोड्युसर टिम  निकै खुशी देखिएका थिए भने  प्रशंसा समेत गरेका थिए । उनले अर्को राउण्डमा प्रवेश पाउने वा नपाउने टुंगो केही दिनमा लाग्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्को राउण्डका लागि छनौट भएमा उनले स्टेजबाट पार्करमा चौथो नयाँ विश्व रेकर्ड कायम गर्नका लागि प्रयास गर्ने भएका छन् । अमेरिकाज गट ट्यालेण्टको  प्लेटफर्ममा दिनेश नेपाली पोशाक र झण्डासहित गएका थिए । साथै अमेरिकामा रहँदा नेपाल र भ्रमणवर्ष २०२० को प्रवद्र्धनका लागि समेत उनले योजना बनाएका छन् ।

दिनेशले यसअघि ३० सेकेण्डमा १२ पटक ट्विस्टिङ्ग ब्याक फ्लिप्स गरेर द मस्ट ट्विस्टिङ्ग ब्याक फ्लिप्स इन बालमा रेकर्ड बनाएका हुन् ।
अमेरिकाको चर्चित टिभी कार्यक्रम अमेरिका गट ट्यालेन्टमा सहभागी हुने दिनेश पहिलो नेपाली खेलाडी हुनेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com