वर्ल्ड नेपाली म्युजिक अवार्ड न्युयोर्कमा भोलि, आइपुगे नेपाली कलाकारहरु


प्रकाशित मिति : मंसिर ६, २०७६ शुक्रबार

वल्र्ड कनेक्सन युएसए इन्क र फेदर क्रियशन प्रालि नेपालको आयोजनामा भोलि न्युयोर्कमा वल्र्ड नेपाली म्युजिक अवार्ड हुने भएको छ । नेपाली संगीतलाई संरक्षण गरौं, अन्तराष्ट्रिय क्षेत्रमा प्रबर्धन गरौं भन्ने नाराका साथ अवार्ड कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा सहभागी हुन नेपालबाट बरिष्ठ गायक यम बराल, कलाकार केकी अधिकारी, गायक शिव परियार, गायिका अञ्जु पन्त लगायतका कलाकारहरु न्युयोर्क आइसकेका छन् । अवार्डको घोषणा न्युयोर्कको लागुआर्डिया प्लाजा होटलको बलरुममा गरिनेछ ।

कार्यक्रममा नेपाल सरकारका प्रतिनिधिको प्रमुख आतिथ्य रहने तथा अमेरिकी सरकारी निकायका प्रतिनिधिहरुको विशेष आतिथ्यता रहने आयोजकले जानकारी दिएका छन् । धर्म गुरुहरुको विशेष उपस्थितिमा सांगितिक कार्यक्रमका साथ घोषणा कार्यक्रम गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्वभरबाट अठार विधामा परेका ७८२ निवेदकहरुमध्ये नेपालमा निर्णायक मण्डलले गत सेप्टेम्बरमा उत्कृष्ट दशको छनौट र घोषणा गरेको थियो । सोही उत्कृष्ट दशबाट बिभिन्न अठार विधामा उत्कृष्ट तीनको पनि छनौट गरिएकोमा अब अन्तिम चरणको सर्वोत्कृष्ट घोषणा गर्न लागिएको हो ।

कार्यक्रममा नेपालका चर्चित,गायक ,गायिका तथा अन्य कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ । कार्यक्रम बेलुका ६ बजे सुरु हुने वल्र्ड कनेक्सन युएसए इन्कका अध्यक्ष आङगेलु शेर्पा र वर्ल्ड नेपाली म्यूजिक अवार्डका कन्भेनर राज कुमार बिष्टले जानकारी दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com