राप्रपा अध्यक्ष थापा अमेरिकामा, प्रवासी नेपाली एकता समाजको अधिवेशन उदघाटन गर्ने


प्रकाशित मिति : मंसिर ५, २०७६ बिहीबार

विगत केही दिनदेखि अमेरिका भ्रमणमा रहेका राप्रपा अध्यक्ष कमल थापा त्यहाँको विभिन्न शहरमा आयोजना गरिएको विविध कार्यक्रममा सहभागी हुँदैछन् । अध्यक्ष थापाबाट डिसेम्बर १ मा पार्टीको प्रवासी नेपाली एकता समाज अमेरिकाको अधिवेशन समारोहको उदघाटन र सम्बोधन गर्नुहुने भएको छ ।

अमेरिकामा रहेर पार्टीको संगठनमा सक्रिय नेपालीहरुको संस्था प्रवासी नेपाली एकता समाजको बाल्टिमोरमा तेस्रो अधिवेशन हुँदैछ । यसैगरी अध्यक्ष थापा डिसेम्बर २ मा टेक्सासको ड्यालसमा आयोजना गरिएको नेपाली समुदायलाई सम्बोधन र अन्तरक्रियामा सहभागी हुनुहुनेछ ।

अध्यक्ष थापा डिसेम्बर ४ र ५ मा वासिङ्टनमा हुने अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको राजनीतिक सम्मेलनमा सहभागीता जनाउँदै महत्त्वपूर्ण सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष कमल थापाले सम्मेलनमा पार्टीको प्रतिनिधि मण्डलको नेतृत्व गर्नुहुने र सो कार्यक्रममा पार्टीका सहायक महामन्त्री एवं प्रवास संघका प्रमुख प्रेमकुमार श्रेष्ठ र प्रवासी नेपाली एकता समाज अमेरिकाका संयोजक लोकनाथ तिवारीले सहभागीता जनाउने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com