भारतमा उत्पादन भएको गाईको गोबर अमेरिकामा बिक्रीमा


प्रकाशित मिति : मंसिर ५, २०७६ बिहीबार

अमेरिकाका विभिन्न स्टोरमा अहिले भारतमा उत्पादन भएको गाईको गोबर बिक्रीमा राखिएको छ । न्युयोर्क, न्युजर्सी लगायतका स्थानमा भारतीय स्टोरहरुमा कोबर किन्न पाइन्छ ।

गोबरलाई बिस्कुट जस्तै प्याकिङ गरिएको छ भने मान्छे नझुक्किउन भन्नका लागि प्याकेटमा खानका लागि नभएको उल्लेख गरिएको छ । एक बट्टामा १० वटा गोबरका बिस्कुट रहेका छन् भने यसको मुल्य लगभग ३ डलर रहेको छ । एडिसन न्युजर्सीमा रहेको सब्जीमण्डी स्टोरमा यसको मूल्य २ डलर ९९ सेन्टस राखिएको छ ।

भारतीय स्टोर सब्जी मण्डीले यसको बिक्रि गरिरहेको छ । गोबर धार्मिक क्रियाकलापका लागि बिक्रिमा राखिएको हो । अमेरिकामा पाइने गाई फरक प्रजातीको हुने र धार्मिक प्रयोजनमा प्रयोग नहुने भएकाले भारतबाट धार्मिक प्रयोजनका लागि गाईको गोबर निर्यात गरिएको हो । अमेरिकामा जर्सी गाई पाइन्छ भने भारतमा पाइने गाईलाई देशी गाई भनिन्छ ।

गाईको गोबरमा गाउँका महिलाहरुले हातले नै गोबरका विस्कुट बनाएको र गाईको गोबरबाट परम्परागत रुपमा बनाइएको उल्लेख गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com