आजराती सूर्यबाट पृथ्वीमा बिष्फोट हुँदै सौर्य उर्जा, यस्तो देखिदैछ आकाश


प्रकाशित मिति : मंसिर ४, २०७६ बुधबार

बुधबार राती सूर्यबाट पृथ्वीतिर एक सौर्य उर्जा बिष्फोट हुने भएको छ । जसका कारण बुधबार राती अमेरिकाको उत्तरतिरको भाग र क्यानडाका केही भागमा आकाशमा हरियो प्रकारको किरण देख्न सकिनेछ । यो सामान्य जियोम्याग्नेटिक तुफान भएको बताइएको छ ।

सौर्य आँधीबाट डराउनुपर्ने कुनै कारण नरहेको तर कमजोर विद्युतीय लाइनमा भने केही उतारचढाव हुनसक्ने जनाइएको छ । तर यो सौय आँधीका कारण एउटा अचम्मको प्रकाशको इफेक्ट आकाशमा देख्न सकिनेछ ।

बुधबार राती न्युयोर्कसमय अनुशार राती १० बजेदेखि १ बजेसम्म आकाशमा अचम्मको हरियो किरण देखापर्नेछ । शियाटल, देस मोनिस, शिकागो, क्लिभल्याण्ड, बोष्टन लगायतका स्थानबाट उक्त किरण देख्न सकिनेछ ।

नर्दन किरण नाम दिइएको उक्त रोशनी देख्नका लागि आकाश भने खुल्ला भएको हुनुपर्नेछ ।

आकाश अध्यारो भएको बेलामा अझ प्रष्टसँग देख्न सकिनेछ । चन्द्रमाको प्रकाश र कृतिम प्रकाशका कारण यो दृश्य देख्नमा कठिनायी हुनसक्नेछ । यो प्रकाश सूर्यबाट पृथ्वीमा र बायुमण्डलमा ठोक्किने विद्युतीय कणका कारण आउनेछ । ठोकाईका कारण उत्पन्न हुने उर्जाबाट प्रकाशपुञ्ज बन्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com