अमेरिकामा नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाललाई २० लाख


प्रकाशित मिति : मंसिर २, २०७६ सोमबार

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल-इन्जाले विदेशमा रहेकानेपाली समुदायसंगको साझेदारी कार्यक्रम र्सार्वजनिक गरेको छ ।अमेरिकाको भर्जिनियामा  समुदायको लागि आयोजित वेनिफिसियल लन्चन कार्यक्रममा इन्जाले सामुदायिक पत्रकारिता र सामुदायिक दायित्व मार्फत आफुलाई समाजसंग जोड्ने घोषणा गरेको हो।

इन्जाले र्सार्वजनिक गरेको कार्यक्रमलाई सहयोग पुर्‍याउने उदेश्यले कार्यक्रममा उपस्थित व्यक्ति तथा संस्थाहरुले करिव २० लाख रुपिया (१८ हजार ३ सय १२ डलर) सहयोग प्रदान गर्नु भएको थियो ।

इन्जाले समुदायलाई सहयोग पुग्ने गरी सामुदायिक पत्रकारिताको तालिम प्रदान गर्ने, विदेशमा रहेका नेपाली वालवालिकाहरुलाई नेपाली भाषा सिकाउन बालसंचार कार्यक्रम अन्तर्गत “छुनुमुन” नामक अनलाइन एप्लिकेशनको विकास गर्ने, सामुदायिक पत्रकारिताको प्रबर्दनका लागि अनलाइन स्थापनामा सहयोग पुर्‍याउने, नेपालीभाषा र संस्कृतिको प्रबर्दन गर्न समुदायसंग साझेदारी गर्ने लगायतका रहेका छन् ।

इन्जाको अभियानलाई अगाडि वढाउन सोही कार्यक्रममा विभिन्न दाताहरुले वार्षिक सहयोग पुर्‍याउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । वालवालिकालाई नेपाली भाषा र संस्कृति सिकाउने ईन्जाको बाल संचार कार्यक्रम अन्तर्गत “छुनुमुनु एपको विकासको लागि भर्जिनिया निवासी गितकार अम्विका गुरुङ र अनलाइन पोर्टलव्रेक एण्ड लिंकसले सहकार्य गर्ने भएका छन् । भर्जिनिया निवासी व्यवसायी तथा पत्रकार सुनिता खत्रीले सामुदायिक पत्रकारिता पुरस्कारका लागिइन्जासंग सहकार्य गर्न हरेक दुइ वर्ष १,१११ डलर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ भने साहित्यको क्षेत्रमा क्रियाशिल व्यक्तित्वलाई हरेक वर्ष पुरस्कृत गर्ने स्रष्टा सम्मानका लागि गितकार अम्विका गुरुङले सन् २०२० का लागि १ हजार १ डलर सहयोग प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

इन्जाले समुदायको सहयोगमा प्रदान गरिने पुरस्कारहरुको कार्यविधि चांडै नै र्सार्वजनिक गर्ने सोही कार्यक्रममा जानकारी गराएको छ ।इन्जा द्वारा स्थापना गरिएको इन्जा अन्तराष्ट्रिय अवार्ड दुइ दिन अगाडि मात्रै हाम्राकुरा डटकमका प्रधान सम्पादक अजय वावु सिवाकोटीलाई नेपालमा एक कार्यक्रम आयोजना गरी प्रदान गरि सकिएको छ ।

कार्यक्रममा इन्जाले आगामी दिनमा आफ्नो दीगोपनका लागि प्रस्तुत गरेको कार्ययोजनालाई समुदायकाप्र तिनिधिहरुले स्वागत गर्दै सहकार्यका लागि तत्पर रहने प्रतिवद्धता व्यक्त गरेका थिए । इन्जाले आगामी दिनमा समुदायसंग सहकार्य गर्दै स्थानीय स्तरका आवश्यकता वोध गरी थप योजनाहरु निर्माण र कार्यान्वयन गर्ने नीतिगत निर्णय लिएको जानकारी गराएको छ ।

कार्यक्रममा भिजिट नेपाल २०२० को विश्वव्यापी प्रचार र प्रसारका लागि ईन्जाले फ्रेन्डस अफ ईन्जाका प्रतिक दाहाललाई ईन्जाका तर्फबाट अमेरिकावाट सगरमाथा बेस क्याम्पको भ्रमण गराई नेपालको पर्यटकिय विकासका लागि नेपाल भ्रमण गर्न आव्हान सहितको एक लाईभ भिडियो रिपोर्ट प्रस्तुत गरिएको थियो।

कार्यक्रममा उपस्थित अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्कीले भिजिट नेपाल २०२० लाई सफल वनाउन भूमिका निर्वाह गर्न सम्पूर्ण नेपालीसमुदायलाई आग्रह गर्नु भयो । आफु अस्थायी राजदुत भएको तर अमेरिकामा वसोवास गर्ने नेपालीहरु स्थायी राजदुत भएको चर्चा गर्दै राजदुत कार्कीले नेपालीले सुरु गरेका सहीअभियानहरुलाई विदेशमा वस्ने नेपालीहरुले सहयोग पुर्‍याउनु पर्ने कुरामा जोड दिनु भयो ।

पर्यटन विकासका लागि नेपाल सरकारका डिसी मेट्रोक्षेत्रका प्रतिनिधि तथा अमेरिका नेपाल सोसाईटिका अध्यक्ष प्रभा भट्टराई देउजाले मर्यादित पत्रकारिता, समुदायमा ईन्जा कार्यक्रम, बाल संचार अन्तर्गतको“छुनुमुनु” कार्यक्रम लगायत ईन्जाले उठान गरेका एजेन्डाहरूले आफु प्रभावित भएको र ईन्जासंग सहकार्य गर्दै अगाडि बढने बचन बद्धता व्यक्त गर्दै आफ्नो सस्थाका तर्फ बाट १ हजार डलर सहयोगको घोषणा गर्नु भयो।

उक्त कार्यक्रममा गितकार अम्विका गुरूंगको पत्रकारमा समर्पित “ पत्रकार” नामक गिती एल्बम बिमोचन गरिएको थियो। उक्त गित प्रस्तुत गरिदा उपस्थित सवै पत्रकारहरू स्टेजमा आएर नॉचेका थिए। साथै गितकार अम्विका गुरूंगज्यूलाई उक्त गितका लागि ईन्जा परिवारले हार्दिक धन्यवाद ज्ञापन गरेको थियो।

कार्यक्रममा सगुनका उप ब्यबस्थापक कविन्द्र सिटौलाले पत्रकार नामक कबिता पाठगर्दै ईञ्जाको अभियान समुदायका लागि अत्यन्त महत्वपुर्ण रहेकोले सगुनका तर्फबाट १ हजार ५ सय डलर सहयोगको घोषणा गर्नु भएको थियो।

सो अवसरमा एक प्रभावकारी संदेश पठाउनु हुँदै नेपालका लागि पूर्व अमेरिकी राजदुत एवं इन्गेज नेपालका अध्यक्ष स्कट डेलेसीले ईञ्जाको मुख्य सल्लाहकार र ईञ्जा संग सहकार्य गरि अगाडी बढ्न तयार रहेको बताउनु भयो ।

ईन्जाको अवधारणाबाट पत्रकार र समुदायविचको सम्वन्ध र सहकार्यको महत्वलाई यस कार्यक्रम मार्फत प्रष्ट पारिएको भन्दै समुदाय प्रति पत्रकारहरूले गर्नु पर्ने कर्तव्यमा ईन्जाको यस अभियानलाई उपस्थित समुदायका व्यक्तित्वहरूले अत्यन्तसराहनीय र प्रोफेसनल कार्यक्रम भनि प्रसंसा गरेका थिए।

संस्थाका संरक्षकहरु राम चन्द्र खरेल र योगेशउपाध्यायको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा भिजिट नेपाललाई प्रवर्दन गर्ने सामग्रीहरु प्रदर्शन गरिएको थियो । ईन्जाको अवधारणा, नीति , कार्ययोजना तथा सस्थागत बिकासका लागी मार्गदर्शन तर्जुमा गर्ने ईञ्जाका बरिष्ठ उपाध्यक्ष सुनिल मणीदाहाल तथा ईञ्जा निर्देशक किशोर सापकोटालाई हार्दिक धन्यवाद दिदै ईञ्जाले उहाहरुको उच्च मुल्यांकन गरेकोव्यहोरा संरक्षक द्दयले सभाहलमा जानकारी गराउनु हुदा सभाहलले तालि बजाई अनुमोदन गरेको थियो।

कार्यक्रमलाई ब्यबस्थित वनाउन ” फ्रेन्ड्सअफ ईञ्जा ” का युवाहरु परिचालित थिए। अनलाईनरजिस्ट्रेसन ,अनलाईन पेमेन्ट सिस्टम तथा रियल टाईम रिसिप्टको ब्यबस्थापनका लागि “फ्रेन्ड्स अफ ईञ्जा ” को टिसर्ट लगाएका युवाहरु सभाहलमा खटिएका थिए। कार्यक्रममा कोष संकलनका लागि बरिष्ठउ पाध्यक्ष बिष्णु शितल तथा महासचिब शिब विस्ट , अतिथि सत्कारका लागि निर्देशक बिष्णुशर्मा ,लजेस्टिकका लागि कोर्डिनेटर भुपेन्द्रथापा तथा अनलाईन कभरेजका लागि कोषाध्यक्ष सृजन ताम्राकार , निर्देशक उमेश शर्मा (डिसीनेपाल डट कम ) , संचारनिर्देशक बिजय थापा (ईनेपलिन) तथा निर्देशक सुनिल हुमागाई (डिसीनेपाल डट कम ) खटिनु भएको थियो।

सो कार्यक्रममा नेपाली पाठशाला सेन्ट्रलभिलका बालबालिकाहरु र आदर्श नेपाली समाज हर्नडनका बालबालिकाहरुले नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रमलाई सफल वनाउन जेन ट्राभल्स र वाटरफोर्डले समेत सहयोग पुर्‍याएका थिए । नेपाली वालवालिकाहरुले नृत्य समेत प्रस्तुत गरेको कार्यक्रममा इन्जा अध्यक्ष गुणराज लुइटेलले समुदायको सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रमकोसंचालन संचारकर्मी सुदिप पोखरेल र ईन्जानेटवर्किंग प्रमुख बर्षा भुजेलले गर्नु भएको थियो। नेपालमा रहदा संचार क्षेत्र संग आफ्नो ७ बर्षको आबद्दताका बारेमा चर्चा गर्दै संचालक पोखरेलले मिडियाकर्मीहरुसंगको यस भेट्ले आफुलाई उत्साहित बनाएको भन्दै ईञ्जाले यति छोटो समयमा समुदाय बीच पाएको माया र ईन्जा नेटवर्किङ्ग संचालनमा बर्षा भुजेलको लगनशिलताको बर्णन गरेका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com