‘विदेशमा रहेका मधेसीले लगानी गरे २० वर्ष करमा सहुलियत’ : प्रदेश नं. २ का मुख्यमन्त्री


प्रकाशित मिति : मंसिर २, २०७६ सोमबार

अमेरिका भ्रमणमा रहनु र्भका प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत एवं महान्यायाधिवक्ता दिपेन्द्र झालाई न्युयोर्क अल्बानी मधेसी समाजका तर्फबाट दोसल्ला ओढाएर सम्मान गरिएको छ । समाजका तर्फबाट संयोजक प्रशान्त साह र विजय चन्द्रले दोसल्ला ओढाई सम्मान गर्नुभएको हो ।

कार्यक्रममा मधेशका समसामयीक विषयमा छलफल हुनुको साथै मुख्यमन्त्री राउतले प्रदेश नम्बर २ मा आगामी दिनमा स्वास्थ, शिक्षा एवं पर्यटनमा लगानी गर्नको लागि अमेरिकामा छरिएर रहेका मधेसी समुदायलाई आव्हान गर्नु भयो। पर्यटन वर्ष २०२० मा न्युयोर्क अल्बानी मधेशी समाजले मधेशमा पुर्याउन सक्ने सहयोगको बारेमा छलफल भयो।

समाजका सदस्यहरुले मुख्यमन्त्री राउतसंग बेटी बचाऊ बेटी पढाउ अभियानका बारेमा जिज्ञासा राख्दा मुख्यमन्त्रीले यो अभियानले वालविवाह रोक्न तथा शिक्षामा छोरीको आकर्षण बढाउन विशेष भूमिका निर्वाह गर्ने विश्वास लिएको बताउनुभयो । साथै अभियान अन्तर्गत छोरीको शिक्षा वीमा, साइकल वितरण, शौचालय निर्माण, सेनेटरी प्याड वितरण गरिने जस्ता कार्यक्रम रहेको बताउनु भयो।

मुख्यमन्त्री राउतले प्रवासी मधेसीले प्रदेश नम्बर २ मा लगानी गर्दा २० वर्ष सम्म करमा सहुलियत दिने बाचा गर्नुभयो । महान्यायाधिवक्ता झाले प्रदेश सरकारको तर्फबाट हुनसक्ने हरेक सहयोग गर्ने कुरा बताउनु भयो। न्युयोर्क अल्बानी मधेशी समाजका संस्थापक सदस्य देवेन्द्र चंद्रबंशी , मुकेश झा एवं रतन मण्डलले चाडैनै प्रदेश नम्बर २ मा स्वास्थ एवं शिक्षामा लगानी गर्न योजना अगाडी बढ़ाएको बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com