मन्त्रिमण्डल परिवर्तनको निर्णयपछि नेताहरुको दौडधुप शुरु
प्रकाशित मिति : मंसिर २, २०७६ सोमबार

आइतबार बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले एक–दुई दिनभित्र नै मन्त्रिमण्डल परिवर्तन हुने निर्णय गरेपछि नेताहरुमा सक्रियता बढेको छ ।
बैठकले प्रधानमन्त्री केपीशर्मा ओलीलाई मन्त्रिमण्डल हेरफेरको जिम्मेवारी दिएपछि ओलीनिकट र बहालवाला मन्त्री खेमाका नेताहरुबीच छलफल बाक्लिएको हो ।
नेकपाका उच्च बरियताका नेताहरु मन्त्रिमण्डल गठनबारे छलफलका लागि भेटघाटमा सक्रिय भएका छन् ।
आइतबार बसेको सचिवालय बैठकले मन्त्रिमण्डल सदस्य हेरफेर गर्ने निर्णय गरेसँगै सोमबार बिहानैबाट नेकपाका उच्च तहका नेताहरु आपसी छलफल र भेटघाटमा व्यस्त भएका छन् ।