विप्लव माओवादीद्धारा साझा यातायातमा आगजानी


प्रकाशित मिति : फाल्गुन २८, २०७३ शनिबार

विप्लब माओवादीका कार्यकर्ताले आज  बालाजु बाइपासमा साझा यातायातको बसमा आगजनी गरेका छन् । नयाँबसपार्क एयरपोर्ट रुटमा चल्ने  बा.४ ख. ५६४८ नम्बरको बसमा पेट्रोल छर्केर उनीहरूले आगजनी गरेका हुन्।  आगजनीका कारण बसका ८ सिट जलेका छन् भने  मानवीय क्षति भएको छैन ।

आगजनीका कारण क्षेती भएको बसलाई अहिले पुल्चोक कार्यालयमा लगेर  राखिएको छ । भारतीय सुरक्षाकर्मीले  कञ्चनपुरमा नेपाली नागरिकको हत्या गरेको बिरोधमा आज विप्लब माओवादीले नेपाल बन्दको आह्वान गरेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com