फेरी बिल गेट्स नै बने विश्वका धनी


प्रकाशित मिति : कार्तिक ३०, २०७६ शनिबार

विश्वका सबैभन्दा धनी व्यक्तिमा पुन बिल गेट्स नै दर्ज भएका छन् । शुक्रबारको सुचकांकमा बिल गेट्सले अमेजनका संस्थापक जेफ बेजोसलाई उछिनेका छन् । २ बर्षपछि बिल गेट्स विश्वका सबैभन्दा धनीको सुचीमा पुन पहिलो नम्बरमा परेका हुन् ।

झण्डै २ बर्ष अगाडि अमेजनका संस्थापक जेफ बेजोसले विश्वका सबैभन्दा धनी व्यक्तिको टाइटल पाएका थिए । गत महिना बेजोसको कम्पनीको स्टक मुल्यमा गिरावट आएपछि बिल गेट्सले बेजोसलाई उछिनेका थिए तर बिल गेट्स धेरै समय टिक्न सकेनन् ।

तर अहिले भने बिल गेट्सले माइक्रोसफ्ट कम्पनीको शेयरमा आएको ४८ प्रतिशत बृद्धिका कारण बेजोसलाई उछिनेका छन् । बेजोस विश्वका धनीहरुको सुचीमा दोश्रो नम्बरमा झरेका छन् । बेजोसको सम्पत्ति अहिले १०८ दशमलव ७ बिलियनमा झरेको छ भने बिल गेट्सको ११० बिलियन पुगेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

५५ बर्षका बेजोस सन् २०१८ मा १६० बिलियन डलरको सम्पत्तिका मालिक बनेर विश्वका सबैभन्दा धनी व्यक्ति बनेका थिए । सन् १९९८ देखि फोब्र्सको धनीहरुको सुचीमा परेका बेजोसको सम्पत्ति त्यतीबेला १ दशमलव ६ बिलियन रहेको थियो ।

तर बेजोसको सम्पत्ति स्टकमा गिरावट आएका कारणमात्र घटेको होइन । उनले पत्नीसँग गरेको डिभोर्सका कारण उनले अमेजनको चौथाई सम्पत्ति श्रीमतिलाई दिनुपरेको थियो । उनकी श्रीमति अहिले ३२ दशमलव ७ बिलियन सम्पत्तिका साथमा विश्वका २० धनीमा पर्छिन् ।

बिल गेट्स पहिलोपटक १ दशमलव २५ बिलियन डलरको सम्पत्तिका साथमा सन् १९८७ मा फोब्र्सको सुचीमा परेका थिए । सन् २०१४ मा उनी माइक्रोसफ्टको अध्यक्षबाट हटेका थिए । यद्यपी उनी बोर्ड सदस्यमा भने अझै पनि छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com