विश्वविद्यालयमा स्नातक गर्दै ९ बर्षका बालक
प्रकाशित मिति : कार्तिक २८, २०७६ बिहीबार

एकजना ९ बर्षका अद्भुत क्षमता भएका बालकले बेल्जियममा विश्वविद्यालयबाट स्नातक तहको अध्ययन गरिरहेका छन् । लोरेन्ट सिमन्स नामका ती बालकले इन्डहोभेन युनिभर्सिटी अफ टेक्नोलोजीबाट इक्लेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरिरहेका छन् ।
चामत्कारिक क्षमताका मानिने ती बालकले यही डिसेम्बरमा स्नातक तहको कोर्स पूरा गर्न लागेको जनाइएको छ । त्यसपछि ती बालकले इक्लेक्ट्रिकल इन्जिनियरिङमा पीएचडीको कार्यक्रम सुरु गर्ने उनका पिताले जनाएका छन् । बालकले मेडिसिन डिग्री पनि पढिरहेका छन् ।
सुरुमा ती बालकको क्षमताबारे शिक्षकहरु नै चकित भएका थिए । विश्वास नलागेर उनको पटकपटक टेस्ट लिइएको थियो । तर ती अद्भुत क्षमता भएका बालकले टेस्टहरु पास गरेका थिए ।
विश्वविद्यालयका शिक्षा निर्देशकले बालकको क्षमता अस्वभाविक भएको बताएका छन् । उनको मस्तिष्कले एकदम छिटो टिप्नेमात्र नभई उनी निकै मायालु समेत रहेको बताइएको छ ।