अष्ट्रेलियाका ५ सरकारी विद्यालयमा नेपाली विषय पढाईंदै


प्रकाशित मिति : कार्तिक २८, २०७६ बिहीबार

नेपाली भाषा पढाइने रकडेल स्कुलका विद्यार्थीहरु ।

अस्ट्रेलियाका दुई राज्यका पाँच सरकारी विद्यालयमा नेपाली विषयलाई पाठ्यक्रममा समावेश गरिएको छ । न्यु साउथ वेल्सका दुई र दक्षिण अस्ट्रेलियाका तीन सरकारी विद्यालयमा नेपाली भाषा ऐच्छिक विषयका रूपमा पढाइदै आएको जनाइएको छ ।

अस्ट्रेलियाले आफ्नो सरकारी पाठ्यक्रममा विद्यार्थी तथा विद्यालयको रुचिअनुसार अन्य देशका भाषा समेट्दै आएकोमा नेपाली भाषा ससेत मेटेको हो । नेपालीको धेरै बसोबास रहेको न्यु साउथ वेल्स राज्यको सिड्नीस्थित कोग्राह, रकडेल र दक्षिण अस्ट्रेलियाको उत्तरी क्षेत्रका प्लेफोर्ड इन्टरनेसनल कलेज, प्यारालोबी र सालिस्बरी स्कुलमा नेपाली भाषाको पठनपाठन सुरु भएको छ । कोग्राह विद्यालयमा नेपालीका अतिरिक्त चीनिया, हिन्दी भाषका पाठ्यपुस्तक समेत रहेका छन् ।

सरसफाईमा व्यस्त  नेपाली भाषा पढाइने  सिड्नीस्थित कोग्राह स्कुलका विद्यार्थीहरु ।

पाठ्यक्रममा नेपाली भाषा, चाडपर्व र कलासंस्कृतिलाई समेटिएको छ । त्यसका लागि सरकारी स्तरबाटै स्थायी शिक्षकसमेत नियुक्त गरिएको जनाइएको छ । विगत ६ वर्षदेखि अस्ट्रेलियामा स्थायी सरकारी शिक्षकका रूपमा काम गरिरहेका लोक सफल पौडेलले दक्षिण अस्ट्रेलियामा नेपाली भाषा पढाउने शिक्षकको जिम्मेवारी पाएका छन्।

नेपाली भाषा पढाइने सिड्नीस्थित रकडेल स्कुलका विद्यार्थीहरु ।

त्यहाँ कक्षा ८ देखि १२ कक्षासम्म नेपाली भाषा अध्यापन गराइने गरिएको छ । तीन विद्यालयका माध्यमिक तहमा करिब १ सय २० विद्यार्थी नेपाली भाषा अध्ययन गरिरहेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिड्नीका दुई विद्यालयमा भने प्राथमिक तहमा मात्र नेपाली विषय अध्यापन हुने गरेको छ । त्याँ करिब १ सय २० विद्यार्थी अध्ययनरत छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com