सप्तरी र कञ्चनपुर घट्नाःमोर्चाका सांसदद्धारा रोष्टम घेराउ गर्दै नाराबाजी


प्रकाशित मिति : फाल्गुन २७, २०७३ शुक्रबार

व्यवस्थापिका–संसद्को आजको बैठकमा सप्तरीको घटनाको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय गठबन्धनका सांसद्हरुले रोष्टम घेराउ गरेका छन् ।

बैठक आरम्भ हुनासाथ सभामुखसँग समय लिएर सङ्घीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईले फागुन २३ गते सप्तरीमा भएको झडपमा चार जनाको मृत्यु भएको र ३५ जना घाइते भएको सम्बन्धमा निन्दा गर्दै सुरक्षाकर्मीले कम्मर र टाउकोमाथि गोली प्रहार गरेर अन्तर्राष्ट्रिय मानवअधिकारको उल्लङ्घन भएकाले घटनामा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो ।

सो सम्बन्धमा दोषीमाथि कारबाहीको माग गर्दै आफूहरुले घेराउ गर्ने जानकारी गराएपछि मोर्चाका सांसद्हरु रोष्टम घेर्न पुगेका थिए । मोर्चाको घेराउ र नाराबाजीबीच बैठकको शून्य समय सुरु भएको छ ।

नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताको विरोध नियन्त्रण गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राईले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलबाट भएको हस्तक्षेपका सम्बन्धमा स्पष्ट पार्न सरकारसँग आग्रह गर्नुभयो । राईले कन्चनपुरमा एसएसबीको गोली लागेर एक जनाको मृत्यु भएको भनिए पनि भारतीय दूतावासले गोली नचलेको दाबी गरेकाले घटना रहस्यमय भएको बताए । राईले यसबारे सत्यतथ्य सदनलाई जानकारी गराउन माग गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com