बंगलादेशी राष्ट्रपति र नेकपा अध्यक्ष प्रचण्डवीच भेटवार्ता


प्रकाशित मिति : कार्तिक २७, २०७६ बुधबार

काठमाडौंमा रहनुभएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद राजनीतिक भेटवार्तामा व्यस्त हुनुहुन्छ । होटल म्यारियटमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले बंगलादेशी राष्ट्रपति हमिदसँग भेटवार्ता गर्नुभयो ।

उहाँहरुबीच नेपाल–बंगलादेश द्वि–पक्षीय हित तथा सडक सञ्जाल, विद्युत लगायतका विषयमा छलफल भएको दाहालको निजी सचिवालयले जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com