सप्तरी घट्नामा मृत्यु हुने वीरेन्द्रको परिवार बिचल्लीमा, सिङ्गो गाउँमा रुवावासी

प्रकाशित मिति : फाल्गुन २७, २०७३ शुक्रबार

परिवारको मुख्य सदस्यीय वीरेन्द्र महतोको सप्तरी आन्दोलनमा परी मृत्यु भएपछि उनको परिवार विचल्लीमा परेका छन् ।

मृतक महतोको स–साना एक छोरा र तीन छोरी रहेका छन् । परिवारमा एक मात्र कमाउने महतोको मृत्युपछि घर र सिङ्गो गाउँमा रुवावासी छाएको छ ।

सप्तरी जिल्लाको मलेठ गाविस–२ मा बस्दै आएका वीरेन्द्रको उपचारका क्रममा बुधबार मृत्यु भएको खबर सुनेर घरमा रहेकी श्रीमती रञ्जना र सासू द्रौपती बेहोस भएका थिए ।

दुबैजनालाई आफन्तले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पु¥याएका थिए । दुबैजना हिजो बेलुकासम्म राम्ररी बोल्नसक्ने अवस्थामा थिएनन् । स–साना छोराछोरीको स्याहारसुहार छिमेकीले गर्दै आएका छन् ।

एमालेको मेची–महाकाली राष्ट्रिय अभियानलाई बिथोल्न खोज्ने मोर्चा कार्यकर्तासँगको झडपका क्रममा प्रहरीको गोली लागि घाइते भएका महतोको उपचारको क्रममा बुधबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

महतो विवाहपछि लामो समयदेखि ससुरालीमा रहँदै आएको सप्तरी मलेठ गाविस–२ का मृतक वीरेन्द्र महतो नेपाल प्रहरीको जागिर छाडेर मलेठस्थित ससुरालीमा खेती–किसानी गरेर जीविकोपार्जन गर्दै आएका थिए ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com